विराटनगर महानगरपालिका कार्यालयमा बम विस्फोट

0
9

विराटनगर : विराटनगर महानगरपालिकामा बम विस्फोट भएको छ ।

अज्ञात समूहले राखेको बम दिउँसो २ बजे विस्फोट भएको थियो । महानगरको बैठक सकिएको केहीबेरमै मेयरको कार्यकक्षको बाहिरतर्फ रहेको दराजमा विस्फोट भएको थियो । अज्ञात समूहले प्रेसर कुकर बम दराजमा राखेको प्रहरीले जनाएको छ । मेयरको कार्यकक्ष छेउमा दराजभित्रै शक्तिशाली बम विस्फोट हुँदा झ्यालका सिसा फुटेका छन् ।

शक्तिशाली कम्पनपछि झ्यालका सिसा झरेर मेयरको गाडीमा समेत क्षति पुगेको छ । बम कसले राखेको हो भन्ने प्रष्ट हुन सकेको छैन । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here