लैंगिक समता र सुरक्षा सम्बन्धी तालिम सुरु

0
17

नयाँ बुलन्द

इलाम : लैंगिक समता र सुरक्षा विषयक दुई दिने तालिम इलाममा सुरु भएको छ ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा इलामको आयोजनामा तालिम सुरु भएको हो । महिला पत्रकारहरुलाई लक्षित गरी सुरु गरिएको तालिममा जिल्लाका विभिन्न संचारमाध्यममा कार्यरत १५ जना महिला पत्रकारहरुको सहभागिता रहेको छ ।

तालिमका सहभागीहलाई नेपाल पत्रकार महासंघ झापा शाखा सदस्य सुशिला संग्रौला र इलाम शाखा अध्यक्ष कोकिला ढकालले सहजीकरण गरिरहेका छन् ।

इलाम शाखा अध्यक्ष ढकालको अध्यक्षता र नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सटेन्द्र जवेगूको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा महासंघका १ नम्बर प्रदेश उपाध्यक्ष सोम सुसेली, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामका अध्यक्ष राम योङहाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

इलाम शाखा सचिव ख्याम भुजेलले सञ्चालन गरेको कार्यक्रमको स्वागत सहजकर्ता सशीला संग्रौलाले गरेकी थिइन् ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here