पारिवारिक नीजि वनको बारेमा बुझेर कानुन निर्माण गर्ने प्रतिवद्धता

0
13

नयाँ बुलन्द

इलाम : स्थानीय तहका जनप्रतिनिधिले आफूले स्थानीय तहको कानुन निर्माण गर्दा पारिवारिक निजी वनका बारेमा बुझेर मात्र कानुन निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । उनीहरुले वनकै माध्यमबाट सरकारलाई करोडौँ कर बुझाउँने भएकाले नीजि वनलाई प्राथमिकता दिएर कानुन निर्माण गर्ने बताएका हुन् ।

शनिबार इलाममा आयोजित ‘पारिवारिक नीजि वनको वर्तमान अवस्था, महत्व र आवश्यकता विषयक एक दिने जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम’ मा जनप्रतिनिधिले आजसम्म सरकारले सामुदायिक वन र राष्ट्रिय वनलाई मात्र प्राथमिकतामा दिएको भन्दै उनीहरुले त्यसबाट पाठ सिकेर निजी वनलाईं पनि प्राथमिकतामा राख्ने बताएका हुन् ।

कार्यक्रममा दाङस्थित तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले निजी वन क्षेत्रलाई सरकारले प्राथमिकता दिन सकेमा बैदेशिक ऋण घटाउन सहज हुने सुझाब दिएका छन् । उनले नेपालमा बार्षिक रुपमा १५ करोड क्युफिट काठ उत्पादन गरिने भएकाले त्यस मध्येको ५ करोड क्युफिट काठ मात्र बिदेश निर्यात गर्न सकेमा बैदेशिक ऋण तिर्न धेरै सहयोग गर्ने जानकारी दिए । उनले काठकै माध्यमबाट राष्ट्रको एक तिहाई ऋण तिर्न सकिने समेत उल्लेख गरे ।

कार्यक्रममा १ नम्बर प्रदेशका सांसद रामबहादुर मगर, जिल्ला समन्व समिति इलामका प्रमुख गणेशप्रसाद बराल, इलाम नगरपालिकाकी उप–प्रमुख शुसीला नेम्बाङ, निमित्त प्रमसख जिल्ला अधिकारी सफल पोर्तेल, जिल्ला वन कार्यालयका अधिकृत अमानलाल मण्डल, नेपाल पत्रकार महासंघका १ नम्बर प्रदेशका उपाध्यक्ष सोमनाथ सुसेली लगायतले बोलेका थिए ।

कार्यक्रममा विभिन्न ४ वटा कार्यपत्रमा छलफल भएको थियो । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघका पूर्व अध्यक्ष, पारिवारिक नीजि वन संघका सल्लाहकार एवम तुलसीपुर उपमहानगरपालिकाका प्रमसख घनश्याम पाण्डेले ‘पारिवारिक नीजि वनको वर्तमान अवस्था, महत्व र आवश्यकता’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

त्यस्तै जिल्ला वन कार्यालयका अधिकृत अमानलाल मण्डलले ‘इलाम जिल्लामा नीजि वनको अवस्था’, महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामका सहायक प्रध्यापक योगेन्द्रमान श्रेष्ठले ‘पारिवारिक नीजि वन, इलाममा हाल प्रचलित केही प्रजातिहरु’ र अधिवक्ता सुधिर बोहोराले ‘पारिवारीक नीजि वनको प्रयोगको सन्दर्भमा कानुनी व्यवस्था’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

पारिवारिक निजी वन संघको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता संघ इलामका अध्यक्ष रविन्द्र सुबेदीले गरेका थिए ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here