शनिबार राति पश्चिम नेपालमा अति भारी वर्षाको सम्भावना

0
6

काठमाडौं : शनिबार राति पश्चिम नेपालमा अति भारी वर्षाको सम्भावना रहेको छ । मौसमबिदका अनुसार शनिबार राति पश्चिमका एक वा दुई स्थानहरुमा अति भारी वर्षाको सम्भावना रहेको छ ।

वर्षा र बदलीको सम्भावना भने सोमबारसम्म देशभर नै छ । त्यस्तै आइतबार दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरैजसो स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षा हुने अनुमान छ । आइतबार दिउँसो र राति पश्चिमका केही स्थान तथा मध्य र पूर्वका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here