पूर्णकलाको आवाजमा ‘तीजको बेला नाच बरिलै’ सार्वजनिक (भिडियोसहित)

0
9

काठमाडौँ : लोक तथा दोहोरी गायक सुजन बराइलीले ‘तीजको बेला नाच बरिलै’ बोलको गीत बजारमा ल्याउनुभएको छ ।गीतमा गायक बराइलीले मनमा जति सुकै पीर भए पनि वर्ष दिनको चाड तीजका बेला दुःखलाई सुखमा बदलेर खुशीका साथ मनाउन आग्रह गर्नुभएको छ । गायक बराइलीको लय तथा शब्द सिर्जना रहेको उक्त गीतमा चर्चित गायिका पूर्णकला विसीले स्वर दिनुभएको छ ।

मल्लाजी म्युजिक प्रालिले मार्फत बजारमा आएको सो गीतमा गायक तथा निर्देशक प्रकाश बराइलीको निर्देशन, वीरेन्द्र भाट विपीनको छाँयाकन र उदिराम खड्काको सम्पादन रहेको छ । यसअघि गायक बराइलीका बाबा विश्वकर्मा, बोलाइ पासो भो, जिउन सिकायो, पर्वते ठिटो र जालैजोलगायत दर्जन गीत बजारमा उपलब्ध छन् ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here