भारतीय कुखुरा सहित एक जना पक्राउ

0
6

कैलाली : कन्चनपुरको पुनार्वास नगरपालिका स्थित देउराली बजारबाट भारतीय कुखुरा सहित एक जनालाई सशस्त्र प्रहरीे पक्राउ गरेको छ ।

भारतको सिमावर्ती बजारबाट नेपाल भित्र्याउँदै गर्दा पुनार्वास नगरपालिका वडा नम्बर ११ देउराली बजारबाट पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी हवल्दार भिम बहादुर थापाको कमाण्डमा खटिएको टालीले पुनार्वास नगरपालिका वडा नम्बर ११ भिमबस्ति बस्ने २५ बर्षिय जयराज भट्टलाई अबैध रुपमा प्रतिबन्धित कुखुरा ल्याउदै गरेको अवस्थामा पक्राउ गरेको हो ।

भट्टले भारतीय नम्बर यूपि ३१ एएफ ३६१४ नम्बरको मोटरसाईकलमा करीव १ सय ३० केजी कुखुरा ल्याउदै गर्दा पक्राउ गरेको हो ।

पक्राउ परेका भट्टले बिगत एक बर्षदेखि भारतीय बजारबाट कुखुरा तस्करी गर्दै नेपालका बजारमा बिक्री गर्दै आएको खुलेको छ ।

पक्राउ गरेका कुखुरालाई सशस्त्र प्रहरी बल नेपाल गण हेड क्वाटर कैलाली नम्बर ४ को परीसरमा नष्ट गरिएको छ भने मोटरसाइकल र भट्टलाई कैलाली भन्सार कार्यालय बुझाएको प्रहरी निरीक्षक जनक उपाध्यायले जानकारी दिए ।

खुल्ला सिमानाका भएका कारण कैलाली कन्चनपुरमा भारतका सिमावर्ती बजारबाट अबैध रुपमा कुखुरा तस्करी हुने गरेको छ ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here