टोलटोलमा प्रहरी अभियान कार्यक्रम जारी

0
14

नयाँ बुलन्द

इलाम : जिल्ला प्रहरी कार्यालय र सामुदायिक प्रहरी सेवा केन्द्र इलामले सुरु गरेको टोलटोलमा प्रहरी अभियान कार्यक्रम जिल्लाको विभिन्न स्थानमा सञ्चालन भइरहेको छ ।

यही क्रममा आइतबार इलाम नगरपालसका १ स्थित नेपालटार, रक्से बजार, पुवाखोला लगायतका स्थानहरुमा  टोलटोलमा प्रहरी कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा लागु औषध, महिला हिंसा, साइबर क्राइम, घरेलु हिंसा, ट्राफिक नियम र समाज सुधारक सम्बन्धी विभिन्न जनचेतना मुलक कार्यक्रम गर्नुका साथै स्थानीय  बासीहरुलाई पर्चा पम्प्लेट समेत वितरण गरिएको प्रहरीले् जनाएको छ ।  

 

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here