पहिचानबिनाको सङ्घीयता पित्तललाई सुन ठानेजस्तै हो : सहअध्यक्ष श्रेष्ठ

1
63

नयाँ बुलन्द

काठमाडौं : सङ्घीय समाजवादी फोरम, नेपाल मध्यपुर थिमि नगर भेला अध्यक्ष सरोज घःजुको अध्यक्षतामा सम्पन्न भएको छ ।

नगर अध्यक्ष सरोज घःजुको अध्यक्षतामा भएको उक्त भेलामा प्रमुख अतिथि तथा पार्टीका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले नेवाः प्रदेशमा पार्टी निर्माण र चुनौतिबारे बोल्दै प्रत्येक कार्यकर्ताहरू आन्दोलनको भत्तिमा खारिएर मात्र नेता बन्ने भन्दै पार्टीको कुनै पनि तहका नेताहरू एक्लोवीर बन्न खोजे पार्टीको हित नहुने बताए । उनले पार्टीलाई सबल र एकताबद्ध बनाउन टीमवर्क आवश्यक हुने कुरा बताए ।

उनले नेपालमा पहिचानको आन्दोलन अब नयाँ ढङ्गले अगाडी बढाउनुपर्ने आवश्यकतामा जोड दिँदै  नेपालजस्तो बहुराष्ट्रिय मुलुकमा पहिचानबिनाको सङ्घीयतालाई सङ्घीयता भन्नु पित्तललाई सुन ठानेजस्तै भएको बताए । उनले भने– “सङ्घीयता देशको विकास, जनताको समृद्धि, प्रशासनिक सुगमता अदिका लागि पनि आवश्यक छ, तर नेपालजस्तो आन्तरिक औपनिवेशीकरणमा परेको मुलुकका लागि यो मुलतः उत्पीडित राष्ट्रियताहरूको पहिचान र मुक्तिका लागि हो ।”

नगर सचिव नानीछोरी बादेले सञ्चालन गरेको उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा ३ नम्बर प्रदेशका सहइन्चार्ज कृष्ण बहादुर घःजुले नगरको स्थानीय विकासमा पनि सत्तारुढ पार्टीहरूले पक्षपात गरिरहेको बताउँदै त्यसको सामना गर्न पार्टी बलियो हुनुपर्ने बताए ।

पार्टीका जिल्ला उपाध्यक्ष जयकृष्ण दुवालले स्वागत गरेको उक्त कार्यक्रममा जिल्ला अध्यक्ष दिना लामा, नेवाः प्रदेश सदस्य सुरेन्द्र प्रधान, सङ्घीय समाजवादी महिला फोरमको उपाध्यक्ष शशी लिङ्देनको पनि उपस्थिति रहेको थियो । उक्त भेलाबाट नगरको नयाँ नेतृत्वको रूपमा अध्यक्ष सरोज घःजु, उपाध्यक्ष तुइलमाया कालु, सचिव नानिछोरी बादे, सहसचिव प्रतीक श्रेष्ठ, कोषाध्यक्ष पू्र्णभक्त बादे र सदस्यहरूमा अमिता डंगोल, दिपा ढुंगाना, सुनिल घःजु, सानुकाजि कौरी, लक्ष्मीदेवी श्रेष्ठ र रजनी घिमीरेलाई सर्वसम्मतीले चयन गरेको छ ।

1 टिप्पणी

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here