फिल्म आरपारको शुभ मुहुर्त रौतहटमा

1
24

नयाँ बुलन्द

रौतहट : समाजमा रहेको विकृतिलाई न्युनीकरण गर्ने उदेश्यले भोजपुरी भाषामा फिल्म आरपार बन्ने भएको छ । जसको मुहुर्त बुधबार गौरमा सम्पन्न भएको छ ।

नेपाल पत्रकार महासंघ रौतहट शाखाको सभाहलमा सम्पन्न भएको मुहुर्त कार्यक्रममा फिल्मको ब्यानरलाई सार्वजनिक गर्दै प्रमुख अतिथि नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष रबिन्द्र शाहले मैनवत्ति बालेर रोल क्यामरा एक्सन भनेर सुरुआत गरेका थिए ।

सुधिर ईन्टरटेनमेन्ट प्रालिको ब्यानरमा बन्न गईरहेको फिल्म अपारको निर्देशन जनकराम न्यौपानेले गर्ने भएका छन् । फिल्ममा स्थानीय कलाकार सुरज मिश्र,रणधीर सहनी नायकको भुमिकामा रहनेछन् भने पत्रकार राही चञ्चल खलनायकको भुमिका निर्वाह गर्दैछन् ।

साथै नायिकाको रुपमा श्वेता शर्मा र महिला कलाकारमा एलिना भट्ट, किरण ठाकुर, अर्पणा झा, तोहफा अर्चना सहित रहेका छन् । साथै राहुल सिंह, सन्तोष यादव, नेक महमद हुसैन, रामविश्वास मुखिया, विवेक राज, देव देहाती, दिलिप दिलदार, राजेश गुप्ता, पिन्टु श्रीवास्तव, गौतम झाले गर्ने छन् ।

मुहुर्त कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि साहले फिल्मको  प्रगतिको साथै कलाकारहरुको उज्ज्वल भविष्यको कामना गरे ।

1 टिप्पणी

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here