पैदल मार्ग र्निमाण ः उदेश्य पर्यटकलाइ सजिलो सर्बसाधरणलाइ

0
13

गोबिन्द पौडेल

रोङ : झापा र इलामको पूबि सुमा रहेको रोङ ६ कोसलकपूर र बाहु्ण्डागीको निन्दा जोड्ने स्थानमा पैदलमार्ग निमार्ण भएपछि सर्वसाधरणलाइ सहज भएको छ ।

नेपाल पर्यटन बोडले पर्यटन प्रवधनको लागि दश लाखको लागतमा बाहुण्डागी ,सलकपुर श्री अन्तु जोड्ने पैदलमार्गको लागि निन्दा कदमे सलकपूर खण्डमा ब्यवस्थित रुपमा उक्त पैदल मार्ग निमार्ण गरेपछि सलकपूरबाट निन्दा र निन्दाबाट सलकपूर आवातजावत गर्ने सर्बसाधरणलाइ औधि फाइदा हुने भएको हो ।

भापाको काकडभिट्टाबाट निन्दा हुदै सलकपूर सम्म अहिलेपनि नियमित बस संचालन भएप िसलकपूर निन्दा मोटरबाटो साढेचार किलोमिर र भाडा पचास रुपैया रहेकोमा उक्त पैदलमार्ग एक किलोमिटरको मात्र रहेकोले घर छेउबाटनै गाडी कुदेरपनि कम आम्दामी रहेका गरि नागरिकहरु गाडी पुग्ने समयमानै निन्दा पुग्न सक्ने भएकोले सबैभन्दा राहत उनिहरुलाइ हुने भएको हो ।

क्रमागत रुपमा निमार्ण गरिने उक्त पैदल मार्गको अहिलेसम्म दुइसय मिटरमा बिश्रामालय सगै दुइसय पचासबटा सिडि र अन्य आठसय मिटरमा सरसफाइ र कच्चि बाटो निमार्ण भइसकेको निमार्ण समितिका कोषाध्यक्ष देवराज खनालले बताए ।
पछिल्लो समयमा गाउगाउसम्म पनि मोटरबाटो निमार्ण भएर सुबिधासम्पन्न गाडीहरु हुइकिन थालेपनि पर्यटकहरुको रुची पैदल मार्ग पनि रहेको र पूर्बि नेपालको काकडभिट्टा , निन्दा सलकपूर देखि श्रीअन्तु सम्मको उत्कृष्ट पैदलयात्रा गर्न सकिने संभावना रहेपछि पर्यटन प्रर्वधनकोलागि सो पदमार्ग निमार्णको काम थालिएको सलकपूरमा पर्यटन ब्यवसायि तथा निमार्ण समितिका अध्यक्ष लाखमान ग्रन्दन तामाङले बताए ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here