इलाम आउने पर्यटकहरुको संख्यामा बृद्धि

1
36
इलामको सुर्योदय नगरपालिकास्थित कन्याममा घुम्न आएका पर्यटकहरु । तस्विर : नयाँ बुलन्द

गोबिन्द पौडेल

रोङ : हरेक बर्ष इलाम आउने पर्यटकहरुको संख्यामा बृद्धि हदै गएको देखिएको छ ।

अघिल्लो आर्थिक बर्ष ६६ हजार २ सय ९९ जना पर्यटक इलाम आएकोमा गत बर्ष सो संख्या बढेर ९३ हजार ९ सय ७६ पुगेपछि इलाम पर्यटकीय गन्तब्य बन्दै गएको देखिएको हो ।

इलाम भित्रने पर्यटक मध्ये ४९ हजार ५ सय २२ जना पुरुष र ४४ हजार ४ सय ५४ जना महिला रहेको पर्यटन सूचना केन्द्र जोरकलश इलामले जानकारी दिएको छ । अघिल्लो आर्थिक बर्ष ३६ हजार ४७० जना पूरुष र २९ हजार ८२९ जना महिला इलाम आएका थिए । इलाम आउने मा ९३ हजार ८१२ जना आन्तरिक र १६४ जना बाहय पर्यटक रहेका पर्यटक सूचना केन्द्र जोरकलशका  गगन घिमिरेले बताए । ‘इलाम भित्रने मध्ये ६ हजार १ सय ७ जनाले मात्र इलाम बाहिर पाचथर ताप्लेजुङ र तेरथुम सम्मको भ्रमण गरेका छन्’  घिमिरेले भने—‘ बाकी ८७ हजार ८ सय ६९ जनाले इलाम जिल्ला भित्रकै बिभिन्न स्थानको भ्रमण गरेका छन’ ।

इलाम रमणिय स्थल र हावापानी हुनको साथै पर्यटन बिकासको पूर्वाधार निमार्ण र प्रचार प्रसारले गर्दापनि उनिहरुको रोजाइ इलाम भएको हो । अझैपनि इलामको ग्रामिण स्तरमा रहेको पर्यटकिय संभावनाको बिकास गरेर पर्यटकहरुलाइ टिकाउने र स्थानिय उत्पादनहरुलाइ बिकाउने हो भने इलामको जीवनस्तर पर्यटन ब्यवसायबाटनै धान्न सकिने राजधानीमा बसेर इलामको पर्यटन क्षेत्रमा कलम चलाउदै आउनु भएका पत्रकार युवराज गौतम बताउछन् ।

1 टिप्पणी

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here