भट्टराईको कुलपूजा सुरु, देशको विकास र समृद्धिमा डा. भट्टराईको जोड

0
66

नयाँ बुलन्द

झापा : पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराईले देशको अबको अभियान विकास र समृद्धि भएकाले त्यस तर्फ सवैको योगदान खाँचो रहेको जोड दिएका छन् ।

झापाको दमकस्थित भट्टराई वंश प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई विहिबार यहाँ सम्बोधन गर्दै डा. भट्टराईले शान्ति र संविधान कार्यान्वयनको चरणमा रहेकाले अव देशको समग्र विकास र समृद्धिका लागि सवैं नेपालीको योगदान आवश्यक रहेको जोड दिए ।

राजनीतिक परिवर्तन भएपनि देशको आर्थिक, सामाजिक रुपान्तरण हुन नसकेको टिप्पणी गदै डा. भट्टराईले भने ,–‘अव देश बनाउन हामी सबै नेपालीको योगदान जरुरी छ ।’ उनले पूराना पार्टीहरुले देशलाई राजनीतिक नेतृत्व दिन नसकेकाले अब नयाँ सोच र सवल नेतृत्व दिन नयाँ शक्तिले मार्गचित्र कोरेको उल्लेख गरे । ‘ हामी देशको समृचित विकास र समृद्धिको अभियानमा छांै’ डा. भट्टराईको जोड थियो ।

उनले नयाँ शक्ति पार्टीलाई राष्ट्रिय पार्टीका रुपमा स्थापित गराउन भट्टराई वंशहरुसंग आग्रह समेत गरे । डा. भट्टराईले समाज, समुदाय बदल्न वंशीय संस्थाहरुको बिशिष्ट योगदान हुने धारणा राखे । त्यस क्रममा उनी भट्टराई कुल वंश प्रतिष्ठानमा सञ्चालित कुलपूजामा सहभागी भए भने त्यहाँ निर्मीत भट्टराई बंशका अग्रज दुई व्यक्तित्वको प्रतिमाको समेत अवलोकन गरेका थिए । त्यहाँ महर्षि ऋषिदेव र प्रतिष्ठानका संरक्षक पूर्व प्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईको पूर्ण कदको प्रतिमा निर्माण गरिएको छ ।

त्यस अवसरमा डा. भट्टराईलाई प्रतिष्ठानले कुलताराद्धारा सम्मान गरेको थियो । भट्टराई वंशबाट देशकै कार्यकारी प्रधानमन्त्री भएर मुलुकलाई सक्षम नेतृत्व दिन सफल भएको भन्दै यसवर्षको कुलताराद्धारा सम्मान गरिएको प्रतिष्ठानका केन्द्रिय अध्यक्ष शेरवहादुर भट्टराईले बताए । कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष तथा कुलपूजा व्यवस्थापन समितिका संयोजक दुर्गाप्रसाद भट्टराईलगायतले प्रतिष्ठानको बारेमा बोलेका थिए । डा. भट्टराईका साथ पार्टीकी नेतृ तथा नायिका करिष्मा मानन्धरको उपस्थिति रहेको थियो ।

प्रतिष्ठानले हरेक तीन वर्षमा देश,विदेशमा रहेका आफना वंशहरुको सहभागीतामा शनिवारसम्म कुलपूजा सञ्चालनमा रहेको छ । आज शुक्रवार भव्य कार्यक्रमका बीच नवनिर्मीत शालिकको अनावरण गर्नुका साथै प्रतिष्ठानले प्रकाशन गरेको पुस्तकको समेत लोकापर्ण गरिने कार्यक्रम रहेको छ । त्यस्तै, त्यहाँ वंशीय अग्रज विभिन्न १५ जना व्यक्तित्वलाई समेत त्यस अवसरमा सम्मान गरिने प्रतिष्ठानका केन्द्रीय महासचिव चन्द्रबहादुर भट्टराईले जानकारी दिए ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here