मतदान र मतगणना सम्बन्धी ६ दिने प्रशिक्षण सुरु

0
87

सुजता सुनुवार

इलाम : आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागी खटिने इलामका मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुका लागी प्रशिक्षण तालिम सुरु भएको छ । सोमबारबाट इलाममा मतदान र मतगणना सम्बन्धि ६ दिने प्रशिक्षण तालिम शुरु भएको जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको छ ।

कार्यालयका अनुसार पाँच सय ३२ जनालाई तीन समुह बनाई छ दिन तालिम सञ्चालन गरिनेछ । पहिलो समूहमा जिल्लाका इलामनगरपालिका, देउमाई नगरपालिका र सन्दकपुर गाउँपालिकाका मतदान केन्द्रमा खटीने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिन थालिएको हो ।

यस्तै दोस्रो चरणमा सूर्योदय नगरपालिका, माइनगरपालिका र माइजोगमाई गाउँपालिकाका मतदान केन्द्रमा खटीने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिइने बताइएको छ ।

अन्तिम चरणमा भने फाकफोकथुम गाउँपालिका, रोङ गाउँपालिका, माङसेबुङ्ग गाउँपालिका र चुलाचुली गाउँपालिकाका मतदान केन्द्रमा खटीने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिइने जिल्ला निर्वाचन कार्यालय इलामका प्रमुख प्रेमकुमार काफ्लेले जानकारी दिए ।

उनले इलामका विभिन्न मतदान केन्द्रमा खटिदा निर्वाचनको समयमा गर्नुपर्ने सम्पुर्ण कामहरुका बारेमा जानकारी दिन तालिमको आयोजना गरिएको बताए ।

इलाममा २ सय ६६ वटा मतदान केन्द्र र १ सय ४४ वटा मतदान स्थल रहेका छन् ।

 

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here