माओवादी र एमालेका ४१ जना कार्यकर्ता संघीय फोरममा प्रवेश

0
301

धरान : धरान उपमहानगरपालिका–११ पिपलचोकमा शनिबार आयोजित चुनावी कार्यक्रममा माओवादी केन्द्र, नेकपा एमाले र नेपाली कांग्रेस परित्याग गरी ४१ जना स्थानीय नेता तथा कार्यकर्ताहरु संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् ।

संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता तथा सुनसरी–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक राईले टीका लगाएर उनीहरुलाई स्वागत गरेका छन् ।

सुनसरी–१ बाट पहिचान आन्दोलनका नायक मानिने अशोक राई लोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेदवार बनेपछि सर्वसाधारण संघीय फोरममा संगठित हुदै गएका छन् ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here