सेनाको टोलीले बम निष्कृय पार्‍यो

0
98

नयाँ बुलन्द

झापा : नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीको झापाको दमक-५ स्थित घर अगाडी राखेको एउटा आइटी बम नेपाली सेनाले आज बिहान निस्कृय पारेको छ ।

झापाको केर्खास्थित २१ नम्वर वाहिनीबाट आएको सेनाको डिस्पोजल टोलीले आज बम निस्कृय पारेको हो । प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी राखेको आइटी बमलाई आज बिहान सुरक्षित तबरले निस्कृय पारिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक दिपक गिरीले बताए ।

त्यसअघि सोही स्थानमा बिहान ४ वजे तिर अर्कों बम भने घर अगाडीको गेटमा बिष्फोट भएको थियो । कोकको बोतलमा ५० ग्राम विस्फोटक पदार्थ र डेटेनेटर भेटिएको सेनाको डिस्पोजल टोलीले जनाएको छ । बम विस्फोट पछि कुनै मानवीय क्षति नभएको डिएपी गिरीले बताए ।

एक्कासी बिहान घरको पर्खालमा बम बिष्फोट भएपछि घरमा बस्दै आएका दमक नगरपालिका प्रमुख रोमनाथ ओलीले प्रहरीलाई खबर गरेपछि तत्काल घटनास्थलमा प्रहरी आएको थियो ।

 

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here