आर्मीलाई सताक्षी गोल्डकप

0
69

नयाँ बुलन्द

झापा : झापाको झिलझिलेमा जारी दोस्रो सताक्षी गोल्डकपको उपाधि विभागिय टिम त्रिभुुवन आर्मी क्लव काठमाण्डौँले हात पारेको छ ।

विहिवार सम्पन्न प्रतिष्पर्धापूर्ण खेलमा आफना प्रतिष्पर्धी काठमाण्डौको मनाङ मस्याङ्दी क्लवलाई २-१ गोल अन्तरको जित निकाल्दै उपाधि रक्षा गर्न सफल भएको हो । उपाधिसंगै आर्मीले नगद रु ५ लाख रुपैँया, ट्रफि हात पार्यो ।

दोस्रो हुने मनाङ्गले नगद रु २ लाख ५० हजारमा चित्त बुझाउनुपर्यो । आर्मीका लागि दुवै गोल पहिलो हाफमा तथा मनाङ्गको १ गोल दोस्रो हाफमा सम्भव भएको हो । खेलको पहिलो गोल आर्मीका जर्जपिन्स कार्कीले फल प्रहारवाट अग्रता दिलाउन सफल भएका थिए । कार्कीले ठुलो डिवक्स केहि वाहिरवाट गरेको आकर्षक फ्रि किकलाई मनाङ्गका गोलकिपर दिनेश थापामगरले कुनै अनुमान लगाउन नसक्दा मनाङ्गले सुरुवाती गोल खानपुगेको हो ।

आर्मीका स्ट्राइगर नवयुग श्रेष्ठलाई मनाङ्गका विदेशी खेलाडी टायम्पीले लडाएपछि खेल रेफ्री लव खत्रीले फाउल दिए । आर्मीका खेलाडीले पाएको अवसरलाई खेर जान नदिदै गोलमा परिणत गरेको थियो ।

१-० गोल अन्तरले पछि परेको मनाङ्ग केहि आक्रमक हुन खोज्दा थप गोल खाएको थियो । खेलको ४४ औ मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै अग्रता दोब्बर पारे । नवयुगले आर्मीका विमल रानाको क्रस पासमा हेडद्धारा गोल गर्दै खेल २—० मा पुर्याँएका थिए । पहिलो हाफ २—० ले पछि परेका मनाङ्गले दोस्रो हाफमा भने सुधारिएको खेल प्रस्तुत गरेको थियो । खेलको ६० मिनेटमा डोना थापाको पासमा मनाङ्गका टिम क्याप्टेन अनिल गुरुङ्गले हेडद्धारा गोल गर्दै खेल खेललाई २—१ मा पुर्याँएका थिए । मनाङ्गको यस गोलसगै खेल रोमाञ्चक बनेको थियो ।

अनिलको गोलपछि मनाङले थप गोल गर्न नसकेपछि यो गोल सान्तवना गोलमै सिमित रह्यो ।

प्रतियोगिताको म्यान अफ टुर्नामेन्ट मनाङका विशाल राई ‘वी ’चुनिए ।उनले नगद ५० हजार प्राप्त गरे । यसैगरी हाइस्कोर आर्मीका नवयुग श्रेष्ठ बने । उनले प्रतियोगितामा ३ गोल गरेका थिए । नवयुगले नगद २५ हजार पाए । उत्कृष्ट गोलकिपर आर्मीका विकेश कुथु , उत्कृष्ट डिफेन्स आर्मीका सुमन अर्याल , उत्कृष्ट मिड मनाङका डोना थापा , उत्कृष्ट फरवर्ड आर्मीका जर्जपिन्स कार्की , वेस्ट कोचमा आर्मीका नविन न्यौपाने र वेस्ट टिम आयोजक सताक्षीधाम स्पोटिङ्ग क्लव भएको थियो । उनीहरु सवैले नगद २० हजार प्राप्त गरेका थिए ।

नवयुको गोलले खेल १ घण्टा स्थगित

यसैवीच प्रतियोगिताको आर्मीका खेलाडी नवयुग श्रेष्ठले पहिलो हाफको अन्तिम मिनेट बाकी छदा हेडद्धारा गरिएको गोल जाली भित्र नदेखिएपछि मनाङ्गका खेलाडी र आर्मीका खेलाडी वीच विवाद हुदाँ खेल १ घण्टासम्म रोकिएको थियो । खेल रेफ्री लव खत्रीले नवयुगको प्रहार गरेको वललाई लाइसमेनको सङ्केतलाई आधारमान्दै गोल दिएपछि मनाङका खेलाडी मैदान छाडेर वाहिरिएका थिए । १ घण्टापछि आयोजक र मनाङका खेलाडीवीच छलफलपछि मनाङ २—० गोल अन्तरवाटै खेल्न तयार भएको थियो ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here