बाढीपीडित परिवारलाई चुम्लुङको राहत

0
78

नयाँ बुलन्द

झापा : झापाका बाढीपीडित पाँच घरपरिवारलाई किरात याक्थुङ चुम्लुङले राहत प्रदान गरेको छ ।

चुम्लुङ झापाको विर्तामोडस्थित जिल्ला कार्यालयमा मंगलवार एक कार्यक्रम गरि बाढीपीडित ती परिवारलाई नगद २५ हजार प्रदान गरिएको हो । चुम्लुङका केन्द्रीय पार्षद देवेन्द्र चेम्जोङले लिम्बु समुदायका ती पाँच परिवारलाई जनही ५ हजार रुपैयाका दरले राहत रकम हस्तान्तरण गरेका थिए । गत साउनमा आएको बाढीकटानका कारण बिस्थापित लिम्बु समुदायलाई आफनो जातिय संस्थाले सो राहत रकम दिएको चेम्जोङले बताए ।

यसरी राहत पाउनेमा कमल गाँउपालिका–१ ,२ की बाढीपीडित क्रमशः कान्छीमाया सम्बाहाम्फे,पूर्णमाया साउदेन,झापा गाँउपालिका–२ की कृष्णमाया लिम्बु , रणमाया इङनाम र दमक–७ की फिपरानी साँवा रहेकी छन् ।

चुम्ुलङ काठमाण्डौं र ललितपुर शाखाको सहयोगमा ती राहत वितरण गरिएको चुम्लुङ झापा शाखाकी उपाध्यक्ष इक्सा सम्बाहाम्फेले बताईन् ।

 

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here