‘शिल्पीलाई दयाको स्थानमा नहेरियोस्’-शिवा

0
408

आँसु खसाल्ने सफल कथा

तुलशा शिवा

बाँच्नु ठूलो कुरा हैन, आफूलाई बचाएर राख्नकै लागि गरिने प्रत्यन ठूलो हुन सक्छ, आफ्नो परिवारलाई बचाएर खाख्नकै लागि एउटा आमा–बाबुको जिम्मेर के–के सम्म हुन सक्छ ? सन्तान किन हरेक अभिभावकलाई प्यारो लाग्छ ? परिवार र आफन्तको महत्व किन रहन्छ ? समाजले सधै पिंधमा राखेर हेर्न, जातिको रंग र वर्ग छुटाएर व्यवहार गर्ने हाम्रो समाजामा शिल्पी (दलित) लाई अझै कुन स्थानमा राखेर हेर्छन ?  पैतृक सम्पति नहुदाँ परिस्थितिले मानिसलाई कसरी अभावमा बचाएर राखेको हुन्छ ? हरेक थिचिएर जिवन बाँचिरहेका मानिसहरुको जिवन भोगाइको कथा सुन्ने हो भने, यस्तै प्रश्नहरुको लाइन लाग्छ । छोरी भएर बाँच्नु भन्दा पनि छोरीको महत्व के सम्म रहन्छ भन्ने समाजको सफल उदाहरण शिल्पी (दलित) महिला पात्र मध्ये तुलशा शिवा पनि हुन्, उनी सँग नयाँ बुलन्द डटकमले गरेको कुराकानीको आधारमा तयार गरिएको सामग्री :

झापा जिल्लाको भाहुनडाँगी हाल मेचि नगरपालिका–३ मा २०३८ साल चैत्र १२ गते बुधबार जन्मिएकी तुलशा शिवा जन्म झापा रहे पनि आफ्नो कर्म भूमि चुलाचुली इलाममा हुन पुग्यो । २०३९ सालमा परिवार संग चुलाचुली बसाइँ आएका तुलशा शिवाको बसाइँ आउनुको वेग्लै कथा छ । जम्मा चार सन्तान तुलशा तेस्रो छोरी हुन, दुई दाजु,दिदी र वैनीको सानै छदैं मृत्यु भएका हुनाले तुलशा पनि विरामी भइरहने भएकाले बाँचेको एउटी छोरी बचाउनकै लागि बुबा–आमाले आफु बसेको गाउँ, छिमेकीबाट सधाकै लागि बसाइँ हिड्नु परेको थियो ।

‘बुवाको पेल्टिमारी गाउँसंगको सम्बन्ध लुगा सिउने हाते मिसिनबाट भएको थिएछ, उहाँले गाउँमा दौरा सुरुवाल, चौवन्दी चोली र पुराना कपडाहरुलाई सिलाउँदै हिड्नु भएकोले पेल्टिमारी उहाँको लागि नौलो ठाउँ भएन ।’ चुलाचुली ४ निवासी शेर बहादुर योङया (नागिवाल) तुलसाको परिवारको लागि भगवान सरह बन्न पुग्यो । शेर बहादुरले आफ्नै घर छेउमा सानो कटेर बनाएर तुलाशा र उनका बुबा–आमालाई बस्नकै लागि जग्गा उपलव्त्र गराएको थियो । तीन जनाको परिवार बुबाको सिलाइ बुनाइको आम्दानीले गर्जा टार्नु पर्ने थियो । शेर बहादुरकै छोरी शिक्षिका थिइन, निर्मला योङया उनकै सल्लाहले तुलशाले पनि पढ्न सुरु गरिन श्री किराँतेश्वर प्राविबाट उनले शिक्षा प्रारम्भ गरिन । उनको लागि निर्मला मिस वा भाउजु प्रेरण नै बनिन् । कक्षा १० पढ्दै गरेकी तुलशाको जिवनमा एक दिन बज्रपात हुन पुग्यो ।

त्यो चलाखी समय थिएन, म १६ बर्षकी थिए, आफनै शिक्षक घरमा आउँदा सरमले घरको ढोकामा गएर लुक्नु पर्दथ्यो, माघेसङक्रातीे चाडको दिन थियो, सवै छिमेकीहरु चार्डमा रमाइलो मानिरहेको थियो, मेरी आमालाई अचानक टाउको दुख्ने विराम देखा परयो, आमा अचानक भुँइमा ढल्नु भयो, गाउँमा त्यो वेला धामीझाँक्रीकै झारफुकले केही दिन सम्म आमा जाति हुनु भयो, दम र क्षयरोगको विराम बुबा आफै हुनु हुन्थ्यो, २०५६ सालको माघ ६ गते हामीलाई आश्रय दिने घरमुलुकीको कान्छी छोरीको विवाहको दिन थियो, लिम्बु संस्कारको विवाह भएकाले अघिल्लो साँझ जन्ती आउने दिन थियो, जन्ती आएको ५ गतेको साँझ नै मेरी आमाको मृत्यु हुन पुग्यो, उता विवाह डेरा नजिक च्याब्रुङ बजिरहेको थियो, यता मेरी आमाको लास ढल्लेको थियो, त्यो शोकले त्यो परिवारलाई अति खल्लो भएको थियो, मेरी आमाको मृत्यु र शोकले गर्दा त्यसवेला त्यहाँ नाचगान, रमाइलो समेत गर्नु भएन, विवाहको दिन विहान ९ बजे आमाको लास हिन्दु संस्कारमै दाहसस्कार गरियो, बुबाको पुख्यौली थलो खोटाङ ओखल ढुङगा पर्दथ्यो, बाबुको दाजुभाइ आफन्त कोहि थिएन, भएका ५ दिदिहरु मध्ये दुईको मृत्यु पहिलै भएकाले अरु कहाँ थिए, ठेगान सम्म नरहेकाले कोही आउनु भएन, मेरो मावली झापा खजुरगाछी भएकाले मावली आफन्तहरु आउनु भएको थियो, पहाड हुँदा बुबाको कुन चेलीको छोरा सानै छदा विवाहमा बाजा बजाउन आउनु भएको वेला भेट भएको थियो रे त्यसपछि बुवाले कहिल्यै आफ्नो, आफन्त भेट्नु भएन्छ, म सोच्थे, शोकमा, दुःखमा आफ्नो मान्छेको महत्व किन हुन्छ ?

२०५६ सालको चैत्रमा मैले एसएलसी परीक्षा लेख्नु थियो, निर्मला भाउजुले नागरिकता बनाउन सल्लाह दिनु भयो, आमाको मृत्यु भएपछि बृद्धा हुँदै गएको बुवाको पनि आयुको कुनै निश्चित नभएपछि, म भोली गएर नेपाली नागरिक हुने प्रमाण नै नरहला कि भनेर बुवालाई भनेर झापा बाहुनडाँगीबाट नागरिकता वनाए, चैत्रमा एसएलसी परीक्षा पनि लेखे, त्यो समय बुवा मोरङ जानु भएको थियो, बुबा घर फर्केर आएपछि भन्नु भयो, भेडे शिवा वंशको दाजुभाई मोरङको भाउनेमा रैछन, भाउनेमा भेटभको थियो, उनीहरुको पनि पुख्यौली छैनन् रे ! हामी संगै बस्नुपर्छ हाम्रो आसपासमा बस्नुपर्छ भनेका छन । सोझो मेरा बुवालाई आफ्नै वंशवली दाजुभाइ भन्ने लागेर, आफ्नै अभिभावक जतिकै लाग्ने निर्मला भाउजु र उनको परिवारबाट विदा लिएर हामी बसाइँ जाने भइयो, मोरङमा मेरो मन पटकै अडिएन, यतै गाउँको रहनसहन, संस्कार, साथीभाइले मन गाउँमै नान्यो, त्यहाँका दिदी, बैनी भाउने जंगलमा निगुरो टिप्न जाने गर्दा रैछन, उनीहरु नयाँ छिमेकी मानेर चिनजान गर्ने आए, मेरो पनि दिनहरु उनीहरु संगै निगुरो टिप्न, खेतला जान सुरु भयो, दश रुपैयाँ कमाउनलाई पाँच मुठ्ठा निगुरो बनाउनु गर्दथ्यो, यस्तो काम घरमा खानकै लागि बुवालाई सहयोग गर्दथे, मेरो मन कहिल्यै खुसी थिएन, पुराना गाउँ सम्झेर रुइरहन्थे, तै पनि बुबा बृद्धा भएकाले कहिल्यै बुवाको सामु आँसु खसालिना तर बुवा पुरानो गाउँ आइ रहनु हुन्थ्यो, म हरेक समय सडकमा उभिएर गुडीरहेको गाडी गन्थेँ, त्यो गाडीको झयालबाट कसैले टाउको निकालेर हेरिदिए हात सम्म हलाइदिए पनि म कति खुसी हुन्थे होला तर कहिल्यै कसैले न हेरथ्यो न त हात नै हलाउँथ्यो ।

हामीलाई संगै बस्नुपर्छ भन्ने परिवारलाई पनि उनीहरुको काका सम्बन्ध पर्नेले आफ्नो परिवार छैैंन, हामी संगै बस्नु पर्छ भनेर लगे, उनीहरु संगै हामी बुवा छोरी पनि गयौं, त्यो संयुक्त परिवारमा हामी जोडिन पुगियौं, त्यहाँ पनि हामी साँंगुरो बन्दै गयौँ, त्यहाँ बसेको पनि एक बर्ष वितेछ, त्यहाँबाट पनि हाम्रो बसाइँ मोरङ उर्लाबारीको आइतबारे हुने भयो, त्यहाँ काका पर्नेकै घरमा आएर बसेका थियौं, त्यहाँ पनि परिवार साँगुरो भएपछि दाहाल बाहुनको खाँली घरमा महिनाको सय रुपैयाँ भाडा तिरेर एक बर्ष बस्यो, त्यर्हाँ बस्दा म घर बनाउने ठाउँमा ज्यालामा काम गर्ने जान्थे, ७ महिना गिट्टी, बालुवा बोकेर घर व्यवहार टार्थे, त्यतिवेला म एसएलसीमा पास भएको थिए, गाउँ नजिकै आधारभूत विद्यालयमा पिउन काम पाउँछुकी भनेर बुझन गए, त्यो वेला देशभर सङकटकाल थियो, नौलो ठाउँमा पहुँचवला आफ्नो मान्छे  कोही नभएकाले जागिरमा पत्याउने कुरा थिएन, बुवा भने हाते कपडा सिलाउने मिसिन लिएर पुरानै गाउँ आइरहनु हुन्थ्यो, मेरो मनमा आनन्द, खुसी थिएन, बर्षभरि छटपटिएर बस्थँे श्वास दविए जस्तै हुन्थ्यो, सम्झन्थे पैतृक सम्पति नहुँदाको पिडा त्यसमा अरुको शरणमा बासकै लागि भौतारिनुको सकस कहिले अन्त्य होला ?

एकदिन बुवालाई खुलेर भने, नयाँ ठाउँमा भिज्न गाह्रो हुन्छ, पिउनको जागिर समेत पाउन गाह्रो हुन्छ, पुरानो गाउँमा गयौ भने, हाम्रो अवस्था बुझेर केही हेर्छन, बाबुले मेरो सल्लाह मान्नु भयो, हामी संग जम्माजमी सम्पतिको नाममा पकाउने एउटा भाडा, कराई, पुनिउ र लुगा सिलाउने मिसिन बाहेक बाबु छोरीको भौतिक शरिर मात्र थियो, यहि सामान पोका पारेर हामी २०५८ सालतिर पुरानै गाउँ फर्किएर आएका थियौँ, तर कहाँ बस्ने टुङ्गो थिएन, हामी सिधैं गल्ली घरे(मैत्र बहादुर चाम्लिङ राई)को घरमा  आएका थियौं, त्यस घरमा पहिले नै बुवा मिसिन ल्याएर कपडा सिउँनु हुदो रैछ, घरमुलीलाई भन्नु भयो, ‘पुरानो ठाउँ, पुरानो इष्टमित्र, विर्सन सकिन, यहि ठाउँमा स्वास्नी वित्यो, नानीको आमाको झलझली आउँछ, बसी खानलाई कटेर बन्ने माटो दिनु परयो ।’ त्यहाँ बस्न पक्का भएपछि म घण्टौ बाटो पैदल हिडेर दमक ज्यामी काम धाउन थाल,े त्यो वेला एक दिनको पचास रुपैयाँ पाउथे, नठगी काम गर्दा पचहत्तर रुपैयाँ पाउँथे, काम गर्दा लजाएर हुँदैन, लाज नमानी म बजारको मुख्य ठाउँमा गर्दथे, त्यसवेला ठेक्दारले मलाई दिनको एक सय रुपैयाँ पारिश्रम दिन्थ्यो, पैदल हिडेर गाह्रो हुन थालेपछि एक हप्ताको पैसाले चार सयमा पुरानो छिमेकीको साइकल किनेर काममा जान्थे, काम जानथालेको केही महिनापछि बर्खा लाग्यो रतुवा खोलामा बाढी आउन थाल्यो, त्यसपछि बुवाले काम गर्ने हाते मिसिनबाट गाउँमा स्कूल जाने केटाकेटीको कपडा, जामा सिलाइ बुनाइमा लागे, बुवाले जस्तै चौवन्दी दौरासुरुवाल सिउन आउदैन थियो, त्यसवेला ज्यामी काम गरेर बचत गरेको पैसा म संग एक हजार थियो, हातले मात्र मिसिन घुमाउन नसकने भएपछि, खुट्टाले चलाउने मिसिन(पायर) किन्न बुवालाई सल्लाह मागे बुवाले ८ सयमा पायर मिसिन ल्याउनु भयो, वुवालाई पनि मैले काम सहयोग गर्दै आए ६÷७ महिना जति पायरमा मेरो दैनीकी वितिरहेका थियो, गाउँका केटाकेटीहरु तुलशा दिदी मेरो लुगा सिइदिनुन भन्दै आउने गर्थियो, म केटाकेटी भनेपछि हुरुकै हुन्थँे, म निकै खुसी हुन थालेको थिए, मैले जिन्दगी बाँच्नलाई प्रयत्नबाट खुसी पाइरहेको अनुभव गर्ने थालेको थिएँ ।

आरआर एन नामको संस्थाले चुलाचुलीमा पनि शाखा कार्यालय राख्ने भएको रैछ, त्यसका प्राविधिक हाल चुलाचुली गाउँपालिका प्रमुख प्रदिप चन्द्र राइ हुनु हुदो रैछ, त्यस कार्यालयमा एक जना एसएलसी पास गरेरको इमान्दरी सामाजिक परिचालिको आवश्यक परेको कुरा किरातेश्वर प्रावि स्कुल छेउकी राधिका कोइराला आन्टीलाई जानकारी गराउँनु भएको रैछ, उहाँले मेरो बारे कुरा राख्नु भएपछि म बसेकै घरमा दुवै जना आएर भन्नु भयो, ‘तिमीले एसएलसी पास गरेका छौ भने, नागरिकता प्रतिलिपी, पास फोटो र निवेदन ल्याएर दमक मुख्य कार्यालयमा आउनु’ भनेर दुवै जना जानु भयो , २०६० सालतिर म आरआर एन संस्थाको कर्मचारीमा नियुक्ती भए, चुलाचुली १ नम्बर देखी ९ नम्बर सम्मकै लागि सामाजिक परिचालिकाको काम थाले, महिनामा चार हजार पाउँथे, त्यो काम चार महिना मात्र चल्यो, मैले पहिलो महिनाको तलवले एक बर्षको घरभाडा एक हजार बुझाए, कहाँबाट ममा इच्छा पलायो, कानमा लाउने चार आनीे सुनको मुन्द्रा (बटार)े पचिस सयमा किनेको थिए, जागिरको महिना पनि वित्यो, बाँकी पैसाले क्याम्पस पढ्ने सोच बनाएको थिए, त्यहीवेला बुवाको दिर्घकालिन रोग दम त छदै थियो, बुवालाई टाइफाइ हुन पुग्यो, गाउँमा लाठेहरुको सहयोग लिएर झोलुङ्गेमा बोकेर अस्पताल लगे त्यही वेला दमकमा दिनानाथ भन्ने डाक्टर थियो, पैसा त्यही सकियो, पढ्ने सपनालाई थाती राखेर म फेरि पुरानै काम पायरको दैनिकी सिलाइ बुनाइमा दिनहरु वित्दै थियो, आमा मरेको ६ बर्ष भइसकेको थियो, आमाको मृत्युदर्ता बनाउने सोचलिएर म चुलाचुली गाविस गए, त्यहाँ नाराण चँदरा दलित जातकै सचिव रहनु हुँदो रैछ, उहाँ संग चिन्नजान भएपछि मृत्यु दर्ता बनाएर घर फर्किए, त्यसवेला मैले गाविस कार्यालय देखेको थिएँ, सुरुका दिनहरुमा मानव अधिरकार मञ्च इलामले चुलाचुलीका भद्रभलादमीलाई तालिम दिदो रैछ, द्धन्दपिडितहरुको आवजको लागि चुलाचुली गाविसले पनि मानव अधिकार मञ्चको कार्यालय स्थापना गर्नु पर्ने भएछ, त्यसको लागि एक कर्मचारीको कोठा खुलेको रैछ, गाउँका अगुवा जनक कोइरालाबाट जानकारी पाएपछि मैले पनि निवेदन लाए, म संग थप दुई जना पुरुषले निवेदन गरेका थियो, एक जनाले मेरो बारे बुझे पछि निवेदन निकाल्यो अर्को भने म संग मौखिक, लिखित नै परीक्षा लिने दावीमा रहयो, मैले मेरो बारे भन,े ‘म त दलित महिला, मेरा बृद्ध बाबु हुनु हुन्छ, आमा वित्नु भको, जग्गा जमिन केही छैन, बुवा कुनै दिन फसल्याक वित्नु भयो भने मेरो टेक्ने लौरो समेत हुन्न, तपाई छोरा मान्छे प्रदेश, विदेश गएर कमाउन सक्नु हुन्छ ।’ त्यस मान्छेले जवाफमा छोरी मान्छे पनि विदेश जान सक्छ म पनि दुर्घटना परेको अशक्त छु भनेर दावी गरयो, पटक पटक छलफलले पनि त्यस मान्छे संग सहमति हुन सकेन, तुलशा बराल उसको बैनी रैछ, मेरो भने साथी थिइन,यसरी परिचय गर्दै गएपछि, उनले बैनीकै साथी भएर थाहा भएपछि उहाँले पनि निवेदन फिर्ता गर्नु भयो ।

२०६२ पौष १९ गते “मानव अधिार मञ्च मध्यास्त समिति कार्यालय, ” सचिव साथै सामाजिक परिचालिका पदमा नियुक्त भए,पन्ध्र सय मासिक तलवमा जागिरको दिन सुरु भयो, मानव अधिकार मञ्च कार्यालय नजिकै गाविसको पनि सेवा कार्यालय रहेकाले फुर्सदको समयमा मैल पञ्जीका भर्ने फारमहरुको काम हेदै गए, मेरो गाउँलेहरु आउँदा, नागरिकता, जन्मदर्ता लगायतको फारम भर्न सहयोग गर्दथे, त्यस वेला गाविस सहयोगीमा खड्क बहादुर श्रेष्ठ हुनुहुन्थ्यो, उहाँ संगै मैले एक बर्ष भित्र पञ्जीका फारमको काम सिक्ने मौका पाएको थिए ।

दशबर्ष जनयुद्धवेला आएको मानव अधिकार मञ्चको जागिर दुई बर्ष भएको थियो, गाउँमा गाडीको गाडी लाइन आयो, गाडी चढ्ने रहरले होला, जनकपुर जाने हल्ला थियो, पैसा नलाग्ने भएपछि मैले बुवालाई पनि लगेर जाने भए, गाउँको थुप्रै मान्छे पनि गएको थियो, बुवा र म जानकी मन्दिरको धाप पैसा विना मज्जाले घुमेर आएको भोली पल्ट कार्यालय पुग्दा कम्युनिष्ट पक्षबाट मलाई तुरुन्तै राजिनामा पत्र माग्ने दवाव आयो, किन रैछ भनेर थाहा पाउँदा म बुवा लगायत गाउँले गएको गाडी जनमुर्चा पार्टीले जिल्ला सम्मेलनमा लगेको गाडी रहेछ, मलाई पार्टीको अधिवक्त भएको आरोपमा लिखित स्पष्टीकरण मागेको थियो, म र विन्दु लाम्गादे दिदी नेपाली कांग्रेस गाउापालिका अध्यक्ष गणेश फागोको घरमा गएर त्यो वेला नत म संग भोट लिष्ट थियो, नत पार्टी सदस्यता रै पनि मैले लिखित स्पष्टीकरण गरिदिए, २०६३ सालतिर होला नेपालमा द्धन्दकालिन सकिएपछि शान्ती सम्झौता संगै जागिरको समय पनि सकियो, म अन्योल हुँदै घरमा पायर मिसिन चलाएर दिनहरु विताइ रहेको थिए, २०६४ सालतिर गाविसमा चुलाचुली सुकुम्वासी बसोवास समाधान आयोग आउने भयो, चुलाचुली गाविसमा कर्मचारीहरुको आवश्यक परेकाले त्यो समय देशभर कुनै पनि गाविसमा सामाजिक परिचालिका राख्ने नियम थिएन, मेरो आर्थिक नाजुक भएकै कारण गाउँ परिषदको छलफलले मैले जति पनि गरेको कामको प्रशांसले मलाई सामाजिक परिचालिका पदमा १८ सय मासिकमा नियुक्त गरयो, त्यही काममा सचिव नारायण चँदराको सल्लाहपछि परिषदले ४५ सय मासिक तलव बढायो, गाविसमा नाराण चँदरापछि पदम कट्टेल, रमेश कोइराला हुँदै गोविन्द सुवेदी सचिव बनेर आइन्जेल सम्म उहाँहरुको सहयोगमा मेरो पनि १६ हजार तलव बृद्धी हुन पुग्योे ।

बाबु–बाजेकै नाममा एक चपरी माटो छैन, जन्मेकै अर्काको घरमा, हुर्केकै अर्काको घरमा मलाई गाह्रो थियो, अर्काको घरमा बस्नु अर्काको बचन सहनु मुखमा पानी लाएर बस्थे, अब त जागिरे भइस भनेर अनेक भन्थे, पैतृक सम्पति, आफन्त नहुँदा पिडा कति सम्म हुँदो रैछ भन्ने थाहा पाए, आफैले केही गर्नु पर्छ केही गरेर देखाएर छोड्छु भन्ने लाग्यो ।

२०६५मंसिर २७ गते चुलाचुली गाउँपालिका ५ निवासी देवराज दर्जी संग मेरो मागि विवाह भएको थियो, ‘देवराज र मेरो भेट चुलाचुली छुवाछुत दलित दवाव संघको कामबाट भएको थियो, मलाई पछिलो समय सुगर रोग भएपछि मेरो स्मरणशक्ति कम्जोर हुन थाल्यो,श्रीमानले अफिस काम बारे सम्झाइ दिनु हुन्छ, समय अनुसार काम गर्न शैलीमा परिवर्तन हुँदै जानुपर्छ भन्ने सल्लाह दिनु हुन्छ ।’ कुनै समयमा साहित्य लेखन, नाटकमा अभिनय पनि गर्थे, अफिसमा काम गर्न थालेपछि समयले नभ्याउँदैं, सपै विर्सिए, त्यो वेला म जे नै गर्न सक्छु भन्ने आत्मवल थियो, र आज पनि उतिकै छ, मैले आज सम्म चुलाचुली गाउँपालिका कार्यालयले करार कर्मचारीको स्थानमा राखेको छ, राज्य र स्थानीय निकाएले स्थानीय कर्मचारीलाई स्थायी बनाउने मौखिक कुरा छ, यसलाई व्यवहारिक अर्थात प्रक्रिया ढंगले स्थायी गर्ने सक्दैन भने स–समान तरिकाले विदाइ गरियोस । स्थानीय दलहावि हुने गरेकाले आफ्नो मान्छेलाई प्रत्योसान र प्राथमिकतामा राख्ने प्रविधि समेत रहेका हुनाले सामाजिक कुराहरुमा जातिले गर्दा बोधहिन्ताको कुरा हुन्छ नै सपै भन्दा पहिलो कुरा म आज जुन स्थानमा छु, त्यो दलित महिला, गरिवी भएकै कारणले भएको छु, अझै पनि राज्यले दिने सेवासुविधाको हरेक नियुक्त पत्र देखि फारममा समेत दलित महिला अनिवार्य भनेर उलेखित गरेको हुन्छ, राज्यले वा स्थानीय सरकारले सवै जातिका महिला समान हुन भन्ने निती परिवर्तन गर्नु पर्छ, मलाई यस्तो लाग्छ, दलित समुदायका पुरुषहोस् वा महिला हेपिए जस्तो र दया गरे जस्तो तरिकाले कुनै पनि स्थानमा पुग्नलाई यस्तो विभेद नगरियो, किन की दलित समुदायमा पनि सक्षम, क्षमतावान पुस्ताहरु जन्मि सकेका छन ।

 कुनै समय मेरी आमा समान गाउँले रण बहादुर राईकी श्रीमती उनी एकल महिला थिइन, उनले म संग हल गोरु किन्नलाई केही पैसा सापटी लिएकी थिइन, धेरै बर्ष सम्म व्याज, साँवा नदिएपछि, मैले अरुको घरमा बस्दा उठेर जा भनेको पिडा सुनाए, म अन्तै जग्गा किनेर घर बनाइ बस्छु पैसा दिनुहोस् भने, एक दिन उनैले तीन कठ्ठा जग्गा  पचास हजारको दाममा घरायसी राजिनाममा पास गरिदियो ।

आज म त्यही जग्गामा सानो आफ्नै घर बनाएर घरजम गरेर बुबा, श्रीमान र छोरी संग बस्दै आएको छु, आज म चुलाचुली गाउँपािलका वडा नं. ४ को वडा कार्यालयको प्रशासन तथा सहायक लेखा फाट्को कर्मचारी रहेर गाउँकै सेवामा खटिरहेको छु, १०÷१२ बर्ष भयो काम गरेको करार थप हुन्छ, स्थानीय सरकारको स्थायी गर्न कुरा छैन ।

प्रस्तुती : चेतन आङथुपो

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here