वाम गठबन्धन अत्तालिसक्यो : अशोक राई

0
132

नयाँ बुलन्द

सुनसरी : संघीय समाजवादी फोरम, नेपालका वरिष्ठ नेता अशोक राईले वाम गठबन्धन सुनसरी १ मा अत्तिालिएको बताएका छन् । सुनसरी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा प्रत्यक्ष उम्मेद्वार वरिष्ठ नेता राईले वाम गठबन्धन सुनसरी १ मा अत्तालिसकेकाले आफ्नो विरुद्ध अनर्गल प्रचारमा उत्रिएको आरोप लगाएका हुन् ।

लोकतान्त्रिक गठबन्धनको धरान उपमहानगरपालिका ८ स्थित संयुक्त वडा प्रचारप्रसार समितिबाट आयोजित कार्यक्रममा बोल्दै राईले आफूविरुद्ध टुरिष्ट उम्मेदवारको प्रचारबाजी गरेर वाम गठबन्धनले हतास मानसिकताको जनाउ दिएको बताएका हुन् ।

नेपालको संविधान र कानूनले नेपालको भूमिमा जहाँबाट पनि उम्मेद्वार उठ्ने व्यवस्था गरेको स्मरण गराउँदै उनले एमाले र माओवादीका नेताहरु पनि आफ्नो जिल्लाबाहिरबाट उठेर जितेको थुप्रै उदाहरणहरु रहेको जिकिर गरे ।

राइइले भने –‘मेरो शिक्षा आर्जन र राजनीतिक जीवनको शुरुवात धरानबाटै भएको हो र मैले २०३५ सालदेखि सुनसरी, धरानलाई मुख्यालय बनाएर कोशी अञ्चलमा भूमिगत रुपमा काम गर्दै आएको हुँ । देश र जनतालाई पञ्चायती तानाशाहीको बन्दीगृहबाट मुक्त गर्न भएको जनआन्दोलन १ को बेला म यसै क्षेत्रमा कार्यरत थिएँ, तब म कसरी टुरिष्ट भएँ ?’

पहिचानलाई जातीय कुरा भनेर एमाले पहिचानको विरुद्धमा गएपछि आफूले एमाले छाडेको भन्दै राईले देशमा ससफो नेपालले मात्रै सबै नेपाली जनताको पहिचान र सबैलाई सम्मान गरेको दावी गरे ।

प्रदेशको नाम ऐतिहासिक पृष्ठभूमिका आधारमा लिम्बुवान राख्दैमा त्यो लिम्बूहरुको मात्रै नहुने भन्दै राईले साबुनको नाम शेर्पा हुँदैमा कुनै बाहुन–क्षेत्रीले वा अरु जातिले नुहाउनु हुँदैन भन्ने जस्तो तर्क गर्नु मूर्खता हुने स्पष्ट पारे ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here