संघीय समाजवादी फोरमको चुनावी अभियान सुरु

0
104

नयाँ बुलन्द

झापा : सङ्घीय समाजवादी फोरम नेपालले झापा क्षेत्र नम्बर ५ मा चुनावी प्रचार अभियान तीव्र बनाएको छ ।

निर्वाचन परिचालन समितिका संयोजक प्रवीण चाम्लिङका अनुसार झापा क्षेत्र नम्बर ५ को प्रदेशसभा (१) क्षेत्रबाट सोमबारदेखि चुनाव प्रचार अभियान थालिएकोले छ । कमल गाउँपालिका ४ को पारुहाङ चोकमा झण्डा उत्तोलन गरेर चुनाव प्रचार अभियान थालनी गरिएको चाम्लिङले बताए ।

कार्यक्रममा ससफो झापा क्षेत्र नम्बर ७ का प्रतिनिधिसभा प्रत्यक्ष उम्मेद्वार सत्यदेव यादव, समानुपातिक उम्मेद्वार शंकरप्रसाद राजवंशी, प्रदेशसभा (१) का प्रत्यक्ष उम्मेद्वार राष्ट्रिय जनाता पार्टीका हिरालाल राजवंशी, समानुपातिक उम्मेद्वारहरु पदमकुमारी राई लिम्बू), हरिदेवी राई लावती लगायतले चुनावी घरदैलो र मतदाताहरुसँग साक्षात्कार गरेका थिए । उम्मेदवारहरुले विभेदकारी संविधान संशोधन गरी पहिचान र संघीयतासहितको शासन व्यवस्था ल्याउन, प्रत्यक्ष कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसदीय व्यवस्थाका लागि आफूहरुलाई मत दिएर विजयी गराउन उम्मेद्वारहरुले आह्वान गरेका थिए ।

अभियानले त्यस गााउपालिकाको किरात चोक, पारुहाङ चोक, क्याम्पा बजार, समयगढ बजार, केरखा बजार लागायत स्थानहरुमा सञ्चालन गरिने झापा क्षेत्र नम्बर ५ का प्रचार प्रसार समिति संयोजक दिपेन बाला राईले बताए । झापा क्षेत्र नम्बर ५ को (१) मा ७ गतेसम्म प्रचार अभियान चल्ने छ । त्यस्तै, ८ गतेबाट झापा क्षेत्र नम्बर ५ को (२) मा चुनावी अभियान केन्द्रित हुने छ ।

त्यस्तै, सोमबारबाट थालिएको चुनावी अभियानमा ससफो नेपालका बैकल्पिक केन्द्रीय सदस्य गजेन्द्र लावती, ससफो लिम्बुवान प्रदेश समितिका सदस्यहरु सुरेश लावती, दिपेन बाला राई, गंगा शेर्मा, झापा जिल्ला अध्यक्ष धिरेन सुब्बा लावती लगायतको सहभागिता रहेको निर्वाचन परिचालन समितिका सदस्य सचिव कमन देवानले जानकारी दिए ।

देवानका अनुसार चुनावी अभियान अन्तर्गत मंसिर ९ गते गौरीगञ्ज, मंसिर १२ गते कमल गापाको मंगलबारे र मंसिर १८ गते दमक चोकमा चुनावी आमसभा सम्पन्न हुनेछन् ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here