झिलझिलेमा लाइभ कन्सर्ट

0
77

नयाँ बुलन्द

झापा : झापाको शिवसतासीस्थित झिलझिलेमा यहि मंसिर ८ गते शुक्रवार लाइभ कन्सर्ट हुने भएको छ ।

किरात राई यायोक्खाको आयोजनामा हुने यस कन्सर्ट आठौ संस्करण हो । म्यूजिकल इभा लाइभ कन्सर्ट नाम दिईएको सांगीतिक कार्यक्रममा चर्चित गायक राजेशपयाल राई, केदार घिमीरे – माग्ने बुढा, गायकद्धय रेवत राई र सुरज तामाङसहित स्थानीय व्याण्डहरुको समेत प्रस्तुति रहने छन् ।

स्थानीय फूटबल मैदानमा हुने कन्सर्टको संयोजन झिलझिले म्यूजिक फिष्ट क्रिउले गर्ने जनाईएको छ । सुम्निमा , पारुहाङ शालिक निर्माण गर्न सहयोग जुटाउने उद्देश्यले आयोजना हुने सो कन्सर्टबाट संकलन हुने रकमबाट शालिक बनाउने आयोजक संस्थाका सदस्य सुरज रिङालुङ राईले जानकारी दिए ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here