अनलाईनबाट विद्युत महसुल

0
94

नयाँ बुलन्द

झापा : नेपाल विद्युत प्राधिकरणले झापामा विद्युत महसुल अनलाइन भुक्तानी सेवा सुरु गरेको छ । गत भदौ ५ गतेबाट सुरु भएको सेवा झापामा पनि विस्तार गरिएको हो ।

दमक वितरण केन्द्रमा आजबाट अनलाईन भुक्तानी सेवा सुरु भएको दमक बितरण केन्द्रका प्रमुख राजिव सिंह शाहले जानकारी दिए । शाहका अनुसार दमकसँगै गौरदह, अनारमनी, भद्रपुर, बुधबारे, धुलावारी, सनिश्चरे र मोरङको उर्लाबारीमा सेवा विस्तार गर्ने तयारी भइरहेको छ ।

दमक वितरण केन्द्रले अनलाइन महसुल भुक्तानी सेवा सुरु गरेपछि यस बितरण केन्द्र अन्तर्गतका ७३ हजार ग्राहक लाभान्वित भएका छन् । इन्टरनेटको पहुँच भएका ग्राहकले अब घरमा बसी बसी विद्युत महसुल तिर्न सक्ने भएका छन् ।

अनलाइन सेवा सुरु भएपछि बिराटनगर क्षेत्रीय कार्यालय अन्तर्गत सबैभन्दा धेरै ग्राहक संख्या रहेको दमकमा बिल तिर्ने ग्राहकको भीड कम हुने वितरण केन्द्र प्रमुख सिंहले बताए । उनका अनुसार दमकसँगै गौरदह र उर्लाबारीका ग्राहकले पनि अनलाइनबाट महसुल तिर्न सक्ने छन् । उर्लाबारी वितरण केन्द्र अन्तर्गत प्राधिकरणका ३२ हजार ग्राहक छन् ।

ग्राहक नम्बर, परिचयपत्र नम्बर र वितरण केन्द्र नम्बर राखी फारम भरेर तिरिएको महसुल प्राधिकरणको बैंक खातामा जम्मा हुन्छ । ग्राहकले सहज पहुँच भएका सेवा प्रदायक तथा बैंकबाट महशुल तिर्न सक्नेछन् ।

इन्टरनेट बैंकिङ सेवा लिने तथा व्यक्तिगत इन्टरनेट वालेट हुने ग्राहकले जुनसुकै स्थानबाट पनि आफुले खपत गरेको विद्युत महसुल तिर्न सक्नेछन । इन्टरनेट बैकिङ सेवा नलिएका ग्राहकले इ–सेवा, पे पोइन्ट नेपाल र सिटी एक्सप्रेस मनी ट्रान्सफरको काउन्टरमा सम्पर्क गरी आफ्नो मिटरमा उठेको महसुल बराबरको रकम बुझाउन सक्ने प्राधिकरणले जनाएको छ ।

 

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here