जुरोपानी सहकारीको रक्तदान

0
83

नयाँ बुलन्द

झापा : झापाकफ गौरादह –७ स्थित ग्वालडुब्वामा शुक्रवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जुरोपानी बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो १९ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

नेपाल रेडक्रस सोसाईटी उपशाखा दमकको प्राविधिक सहयोगमा सम्पन्न रक्तदानमा १० महिला सहित ६१ जनाले रगतदान गरेका थिए । सो अवसरमा संस्थाले ट्राफिक नियम पालना गराई दुर्घटनाबाट बच्न आवश्यक पर्ने १५० प्रति ट्राफिक नियमका स्टीकर र हर्न निशेध सम्बन्धि २ वटा होर्डिङ्ग बोर्डसमेत ट्राफिक प्रहरी गौरीगञ्जलाई हस्तान्तरण गरेको छ ।

कार्यक्रम छत्रप्रसाद चुडालको अध्यक्षतामा सम्पन्न भएको संस्थाका मुख्य व्यवस्थापक कुमार चापाँगाईले जानकारी दिए ।

 

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here