सताक्षी गोल्डकपमा आयोजक विजयी

0
86

नयाँ बुलन्द

झापा : झापाको शिवसताक्षी झिलझिलेमा जारी दोस्रो सताक्षी गोल्डकपमा विहिवारको खेलमा आयोजक सतासीधाम स्पोटिङ्ग क्लव झिलझिले विजयी भएको छ । जितसंगै आयोजक सेमिफाईनलमा प्रवेश गर्न सफल भएको छ । आयोजक क्लवले काठमाण्डौको चर्च ब्याईज स्पोटिङ्ग क्लवलाई ३— ० गोल अन्तरले पराजित गरेको छ ।

आयोजकका तर्फबाट राष्ट्रिय खेलाडी विमल घर्तीमगरले २ र अर्का खेलाडी सुनिल बलले थप १ गोल गरेका थिए । सुरुवातदेखिनै आक्रमक खेल प्रस्तुत गदै आएका विमलले दोस्रो हाफको ८ औ र ३१ औ मिनेटमा गोल गरे भने अर्काे गोल खेलको २३ औ मिनेटमा सुनिल वलले गरे । विमलले पहिलो गोल ८औँ मिनेटमा तीर्थ वस्नेतको पासमा गोल गर्न सफल भएका थिए ।

दोस्रो गोल खेलको २३ औ मिनेटमा चर्च व्याईजका खेलाडीले आयोजक खेलाडीलाई फाउल गरेपछि पाएको फ्रि किकको सदुपयोग गदै सुनिल वलले सोझैँ गरेको प्रहार गोलमा परिणत भएको थियो । वलको प्रहारले सोझै गोलपोस्टभित्र छिरेको थियो ।

विहिबारको खेलको म्यान अफ द म्याच आयोजकका विमल बने । आयोजक क्लवको तर्फबाट विमलसंगै राष्ट्रिय खेलाडी अनन्त तामाङ्ग,सुनिल बलसहितका खेलाडीहरु मैदानमा उत्रेका थिए ।
आज शुक्रवारको चौथो खेल मोरङ्ग ११ र रुपन्देही ११ वीच हुने मिडिया संयोजक योगेन लावतीले बताए ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here