देशको बिखण्डन गर्ने उद्देश्य छैन् : अध्यक्ष योङया

0
72

नयाँ बुलन्द

झापा : पल्लो किरात लिम्बुवान राष्ट्रिय मञ्चले आफूहरुलाई मुलुकलाई बिखण्डन गराउने भनेर राज्यले लगाएको आरोपमा कुनै सत्यता नरहेको जनाएको छ । त्तत्कालीन सरकारले लगाएको आरोपका कारण आफूहरु देशको नागरिक हुनबाट बञ्चित हुनुपरेको भन्दै मञ्चले आफनो उद्देश्य मुलुकमा शान्ति र भाइचारा कायम गर्न मात्र संगठीत भएको जनाएको छ ।

९ वर्ष लामो प्रवास पछि पहिलो पटक गृह क्षेत्रको एक कार्यक्रममा सार्वजनिक भएका मञ्चका अध्यक्ष चन्द्रप्रसाद योङयाले अनाहकमा आफूहरु विरुद्ध त्तत्कालीन सरकारले दुख दिएको आरोप लगाए । उनले विश्वशान्ति कायम गर्न तथा आफना अधिकार उठाएपनि त्यसलाई गलत ढंगले व्याख्या गरिएको बताए । ‘मञ्चको उद्देश्य मुलुक टुक्रयाउने बाटो थिएन् ’अध्यक्ष योङयाको जिकीर थियो ।

विहिबार झापाको शिवसतासीस्थित दुधेमा मञ्चले उनको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष योङयाले २०६४ सालमा त्तत्कालीन सरकारले मञ्चका कार्यकर्ताहरु विरुद्ध लगाएको अभियोग केवल सत्तास्वार्थबाट भएको आरोप लगाए । हामीमाथि प्रशासनले जर्वजस्त देशद्रोहको आरोप लगाएर दुख दिने काम गरेको उनको दुखेसो थियो ।

मञ्च राजनीतिक दल नभएको जोड दिदै अध्यक्ष योङयाले आफनो संगठन आदिवासी,जनजाति तथा उत्पीडित समुदायको अधिकार बहाली गर्नका लागि संस्थाका रुपमा मात्र क्रियाशील भएको दावी गरे । त्तत्कालीन प्रशासनबाट धरपकड् हुन थालेपछि उनी भारतको दार्जिलिङमा बस्दै आएका थिए ।

मञ्चका केन्द्रीय सदस्य ज्ञानेन्द्र राईको अध्यक्षतामा भएको सो कार्यक्रममा मञ्चका बरिष्ठ उपाध्यक्ष मचिन्द्र आङदेम्बेले समेत बोलेका थिए । कार्यक्रमको सञ्चालन केन्द्रीय सदस्य देवेन्द्र आङदेम्बेले गरेका थिए । त्यस अवसरमा मञ्चका कार्यकर्ताहरु,शुभेच्छुकहरुको उपस्थिति रहेको थियो ।

उनलाई स्वागत तथा सम्मान गर्न मञ्चले पूर्वी प्रवेशद्धार काकड्भिट्टासम्म आधा दर्जन गाडी परिचालन गरेको थियो ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here