शरणार्थीको तेस्रो मुलुक पुनर्वास बन्द

0
55

नयाँ बुलन्द

झापा : भुटानी शरणार्थीहरुको तेस्रो मुलुक पुनर्वासको नयाँ प्रकृया बन्द भएको छ । झापाको दमकमा रहेको शरणार्थी सम्बन्धी संयुुक्त राष्ट्रसंघीय उच्चायोग दमक शाखामा बुधबार भएको शरणार्थी र दातृ निकायबीचको छलफलमा उच्चायोगका अधिकारीहरुले पुर्नवास प्रकृया बन्द गरिएको जानकारी दिएका हुन् ।

छलफलमा भुटानी शरणार्थी शिविर वेलडाँगी र पथरीका शिविर व्यवस्थापन समितिका सचिव, सहायक सचिव, पूर्व सचिवहरु र अन्य जिम्मेवार पदका पदाधिकारी, उच्च निकाय यूनएचसीआर र पुनर्वास सम्बन्धी अमेरिकी सरकार प्रतिनिधिबीच छलफल भएको थियो ।

छलफलमा सहभागी वेलडाँगी शिविरका सचिव टिकाराम रसाईलीका अनुसार तेस्रो मुलुक स्थानान्तरण रोकिए पछि अव के हुन्छ भन्ने प्रश्नमा स्वदेश फिर्ती हालसम्म संभव नदेखिएको र स्थानीयकरणमा जोड दिईएको थियो ।

त्यसक्रममा स्वदेश फिर्तीबारे पहल भईरहेपनि तत्काल हुन संभव नदेखिएको युनएनएचसीआरका एक अधिकारीले उल्लेख गरे । बाँकी रहेका भुटानी शरणार्थीहरुको विषयमा यूनएनएचसीआरले नेपाल सरकारसँग स्थानीयकरणका विषयमा समेत छलफल भएको पथरी शिविरका सचिव चम्पासिंह राईले बताए ।

टोलीले छलफलमा प्रकृया जारी रहेकालाई भने आवश्यक मापदण्ड पूरा गरी पुनर्वास गराउने यूएनएचसीआरले जनाएको छ । पूनर्वासका लागि नयाँ फारम भर्न बन्द गरिए पनि पारिवारिक पुनर्मिलनका लागि अमेरिकी सरकारले परिवारको सदस्यहरु मार्फत गरिने भिसाबाट आफ्ना सदस्यहरु भने लैजान सक्ने बताइएको शिविर व्यवस्थापन समितिका सल्लाहकार युवराज साङपाङ्गले बताए ।

पछिल्लो समय भूटानी शरणार्थी शिविर वेलडाँगी र पथरीमा गरी करिव ९ हजारको संख्यामा भुटानी शरणार्थीहरु रहेको यूएनएचसीआरले जानकारी दिएको छ ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here