अशोक राईसँग विद्यार्थीहरूको अन्तक्रिया

0
79

नयाँ बुलन्द

सुनसरी : आसन्न निर्वाचनको मुखमा सङ्घीय समाजवादी फोरम नेपालका नेता तथा सुनसरी क्षेत्र नम्बर १ का उम्मेदवार अशोक राईले सोम्बार विद्यार्थीहरू संग अन्तरक्रिया गरेका छन् ।

कार्यक्रम समाजवादी विद्यार्थी फोरमको आयोजनामा भएको हो । ‘निर्वाचन विषयक विद्यार्थी अन्तरक्रिया–२०७४’ विषयक कार्यक्रममा राई सहभागि भएका हुन् । सो अवसरमा राईले आफु धरानमा रहेर लामो समय राजनीति गरेको र यस क्षेत्रमा रहेर आफैले नै संगठन बनाएको पनि स्मरण गरे । अब जित्ने पालो पनि आफ्नौ भएको राईले बताए ।

अर्का प्रतिस्पर्धी जय राई र तपाईमा के फरक छ ? भन्ने प्रश्नमा अशोकको भनाई छ, ‘मैले राजनीति गरेको नै ४० वर्ष भयो जय राईको उमेर नै ४० वर्षको छ । फरक त प्रष्टै छनी ।’ अहिले आफुलाई टुरिष्ट उम्मेदवार भनिसरहेका छन् । यहिबाट उठ्ने जय राई पनि भोजपुरका हुन् । भिमाअर्जुन आचार्य, झलनाथ खनाल पनि टुरीष्ट नै हुन् मलाई टुरिष्ट उम्मेदवार भन्नेहरूले उनीहरूलाई चाँही के भन्ने ? सोहि कार्यक्रममा गठबन्धनमा रहेका प्रदेशका काँग्रेस उम्मेदवार किशोर राईले पनि आफ्नो उम्मेदवारी बारे बोलेका थिए ।

उनका अनुसार एमालेको अहम तोड्न र सच्चा संघिय लोकतान्त्रीक गणतन्त्रात्मक मुलुकको विकास गर्न आफुले उम्मेदवारी दिएको बताए । कार्यक्रममा विभिन्न क्याम्पसका तीय सय ज्यादा विद्यार्थीहरूको उपस्थिती रहको थियो । कार्यक्रम धरानमा रहेको किरात याक्थुम चुम्लुङको सभा हलमा भएको थियो ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here