पहिलो चरण विद्यालय स्तरीय तालिम समापन

0
109

अशोक लिम्बू

इलाम : इलामको प्रज्ञा सदन अंग्रेजी माध्यमिक विद्यालय इलाम-६, पिपलबोटेमा एनसीसी राष्ट्रिय सेवादल तालिमको एक कार्यक्रमका साथ पहिलो चरण विद्यालय स्तरीय समापन कार्यक्रम भएको छ ।

विगत तीन महिनादेखि संचालन भएको उक्त कार्यक्रममा छात्र छात्रा गरि ३६ जनाले सहभागि जनाएका थिए । आगामी मंसिर एक देखि मोरङ्गको याङसिला भन्ने ठाउँमा दोस्रो चरणको तालि संचालन हुने र लगभग १८ दिन पछि समापन हुने र उक्त कार्यक्रममा विभिन्न १२ जिल्ला का गरी ५४० जना सहभागि हुन, सहभागि जिल्लाबाट उत्कृष्ठलाई छनौट गरी उत्कृष्ठलाई मेडल, ट्रफि र प्रमाण–पत्र समेतको व्यवस्था रहेको एनसीसी क्यारेड इलामका हु. गोपाल भट्टराईले जानकारी दिए ।

उक्त कार्यक्रममा विद्याथीहरुले विभिन्न परेड, तेक्वान्दो लगायत विभिन्न विधाका नृत्य समेत प्रदर्शन गरेका थिए । उक्त कार्यक्रमा एनसीसी क्यारेड इलामका प्रशिक्षक जम. मेख बहादुर विष्ट, हु. गोपाल भट्टराई खत्री र अम. टीकाराम आले को उपस्थिति थियो।

उक्त कार्यक्रममा विद्यालयको तर्फबाट उक्त प्रशिक्षकहरुलाई विद्यालयको तर्फबाट फूलमाला, कदरपत्र द्वारा सम्मान साथै उक्त सहभागी विद्याथीहरुलाई अविर पहि¥याएर शुभकामना प्रदान गरीएको विद्यालयका शिक्षक अशोक लिम्बूले जानकारी दिए । उक्त कार्यक्रममा प्रधानाध्यपक, विद्यालयका विब्यस अध्यक्ष कल्पना ओली र प्याबसन इलामका जिल्ला अध्यक्षय तथा विद्यालयका कार्यकारी निर्देशक विकास कर्माचार्यको उपस्थिती थियो ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here