मृतकका आफन्तले शव बुझेनन्

1
127
फाइल तस्विर

नयाँ बुलन्द

इलाम : गएराति ट्रक दुर्घटनामा ज्यान गुमाएका भीम नेम्वाङका परिवारले क्षतिपूर्तीको माग गर्दै शव बुझ्न मानेका छैनन् ।

मृतकका आफन्तले पोष्टमार्टम भइसकेको जिल्ला अस्पतालमा रहेको शव जिल्ला बुझ्न नमानेका हुन् । बुधबार साँझ अस्पताल परिसरमा पत्रकार सम्मेलन गर्दैै मृतकका आफन्तले दोलखा निर्माण सेवाले मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । मृतकका परिवारलाई शिक्षा र रोजगारी दिनुपर्ने, सरकारी नियमअनुसार क्षतिपूर्ति दिनुपर्ने, काजकिरिया लगायतका प्रकृयामा लागेको खर्च भरपाई गरिदिनुपर्ने माग मृतकका आफन्तले राखेका छन् ।

मृतकका एक आफन्त धनबहादुर खाम्दाकले भने, ‘आफन्तको माग पुरा नभएसम्म हामी शव बुझ्दैनौं । गाडीधनीले पीडितको बेवास्ता गरेको छ, पीडामाथि थप पीडा थपेको छ, हामी प्रशासनलाई यस घटनामा सहजिकरण गर्न आग्रह गर्दछौं ।’

दोलखा निर्माण सेवाको ना ४ ख ३६९ नम्बरको ट्रक मंगलबार साँझ दुर्घटनामा परी फिदिम १३ पाँचथर स्थाई घरभई हाल इनपा ६ का ३४ वर्षीय भीम नेम्वाङको ज्यान गएको थियो ।
झापाबाट इलामतर्फ रोलर बोकेर ल्याउँदै गरेको सो ट्रक मेची राजमार्गस्थित किटेनी सडक खण्डबाट करिब १५० मिटर तल खसेको थियो ।

 

1 टिप्पणी

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here