पाँचथरमा दलहरुको चुनावी चहलपहल तीब्र

0
216

कृष्ण ओझा

पाँचथर : आसन्न १० मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन नजिकिदै जाँदा पाँचथरमा चुनावी चहलपहल बढेको छ । विभिन्न दलहरुले आआफ्नो चुनावी गतिविधिलाई तीब्रता दिएका छन् । नगरदेखि गाउँसम्म पार्टीको आन्तरिक प्रशिक्षण, चुनावी घरदैलो, आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई दलहरुले प्राथमिकका दिएका छन् ।

नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धन, कांग्रेस र राप्रपाको लोकतान्त्रिक गठबन्धन, पहिचानवादी पार्टीहरु संघीय समाजवादी फोरम नेपाल, संघीय लोकतान्त्रिक राष्टिय मञ्च, राष्टिय जनमुक्ति पार्टी, मंगोल नेशलन अर्गनाईजेशन, नयाँ शक्ति पार्टी नेपाल लगायत दलहरु जनमत आआफ्नो पक्षमा पार्न सबै गाउँपालिकाहरुमा चुनावी कार्यक्रम तथा आमसभालाई तीब्र बनाएका छन् ।

बाम गठबन्धनको चुनावी सभा

संयुक्त बाम गठबन्धन (नेकपा एमाले र माओवादी केन्द्र) का साझा उमेद्वार प्रदेशभा (२) का युवा नेता ईन्द्र आङवो (मौसम) ले सोमबार कुम्मायक गाउँपालिकाको तिङदेन र चङसाङीमा चुनावी सभा गरेका छन् । नेता आङवोले तमोरलिफ्ट पिउने पानी चाडै सम्पन्न गर्ने र ७६२ मेगावाटको जलासय जलविद्युत चाँडै संचालन गरी त्यहाँका जनतालाई आर्थिक सुधार गर्ने बताएका छन् ।

आमसभामा प्रतिनिधि सभाका उमेद्वार बसन्तकुमार नेम्बाङले सुख्खा क्षेत्रका जनताको समस्या समाधान गर्न बाम गठबन्धन सफल हुने उद्घोष गरेका थिए । सभामा बाम गठबन्धनका नेता नरबहादुर दुलाल, अम्मरसिहं थापा, सीता आचार्याले सम्बोधन गरेका थिए ।

त्यस्तै फाल्गुनन्द गाउँपालिकामा बाम गठबन्धनका नेता हर्क नेम्वाङ मिक्सो, विद्यार्थी नेता चिरन्जिवी लामीछाने, निर्वाचन अभियानलाई सफल बनाएका छन । त्यस्तै बाम गठबन्धनले याङवरक गाउँपालिका फलैचाको बेतेनी डाँडा र पावाडाँडामा समेत चुनावी सभा गरेका छन् । सभालाई प्रदेशसभा (१) का उमेद्वार गणेशकुमार काम्वाङ, समानुपतिक तर्फका सिता थेवे, एमालेका उपेन्द्र दगाल, नविन जवेगु, आसा जबेगु, सुबास योङयाले सम्वोधन गरेका थिए ।

त्यस्तै बाम गठबन्धनले फालेलुङ गाउँपालिकाको दबैपानी र खेदोकमा पनि बाम गठबन्धनका तथा पूर्वमन्त्री श्रीप्रसाद जबेगु, महेन्द्र जेगुले चुनावी सभामा सम्बोधन गरेका छन । त्यस्तै रवि क्याम्पसमा बाम गठबन्धन विद्यार्थीको निर्वाचन परिचालन समिति गठन गरेका छन् । विद्यार्थी नेता चन्द्रमाङमुको उपस्थितिमा अजय मुखियाको संयोजक २१ सदस्यीय संयुक्त बामगठबन्धन गठन गरीएको जनाएको छ ।

लोकन्त्रिक गठबन्धनको पनि चुनावी सभा

पाँचथरको रानिटारमा सोमबार लोकन्त्रिक गठबन्धनले चुवावी आमसभा सकेको छ । चुनावी सभालाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पाँचथरबाट प्रतिनिधिसभा सदस्यका उमेद्वार भिष्मराज आङदेम्वे, प्रदेश सभाका (१) का उमेद्वार युवा नेता नरेन्द्रकुमार केरुङ र राप्रपाका प्रतिनिधिसभा समानुपातिक उमेद्वार सुनिता कुरुम्वाङ लगायतले बालेका थिए । वक्ताहरुले लोकतन्त्रको रक्षाका लागि लोकतान्त्रिक गठबन्धनका उमेद्वारहरुलाई बिजयी गराउन आग्रह गरेका छन् ।

राप्रपाको र्निवाचन प्रशिक्षण

राष्ट्रिय प्रजातन्त्र पार्टीको फिदिम नगरमा संघ र प्रदेश शभाको निर्वाचन सम्बन्धी प्रशिक्षण सोमबार सकिएको छ । पार्टीले कसरी बढि भन्दा बढि मत ल्याउने, चुनाव परिचालन कसरी गर्ने भन्ने विषयमा प्रशिक्षण दिलाइएको थियो ।

पार्टी प्रवक्ता दिपेन्द्र योक्पाङदेनका अनुसार राष्ट्रिय प्रजातन्त्रिक किसान महासंघका केन्द्रीय महासचिव गोपी ढकालले प्रशिक्षिण दिएका थिए । प्रशिक्षणमा पार्टीका केन्द्रीय सदस्य तेजकुमार कुरुम्वाङ, सदस्य छविरमण सुवेदी, केन्द्रीय सल्लाहकार बमबहादुर सम्बाहाम्फे, पार्टी जिल्ला अध्यक्ष हरिप्रकास सुवेदी, सचिव निर्मल श्रेष्ठ, कोषाध्यक्ष मोहन दाहाल लगायत जिल्ला, क्षेत्र र गाउँपालिका स्तरका ७० जना नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

सोही अवसरमा राप्रपा प्रजातान्त्रिकका मिक्लाजुङ गाउँपालिका वडा नम्बर ८ का पार्टी अध्यक्ष मिलन सिङघक, हिलिहाङ गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सागर हाङसरुम्वा राप्रपामा प्रवेस गरका छन् ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here