इलामको किटेनीमा ट्रक दुर्घटनामा १ जनाको मृत्यु, २ जना घाइते

0
105
तस्विर : गुगल

नयाँ बुलन्द

इलाम : मेची राजमार्ग अन्तरगत इलामको किटेनीमा ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुई जना घाईते भएका छन् । ज्यान गुमाउनेमा रोलर चालक ३८ वर्षीय भिम नेम्वाङ रहेका छन् । किटेनी खण्डमा साँझ करिब ५ : १५ बजे  ना ४ ख ३६९ नम्बरको  ट्रक उकालो चड्ने क्रमा ट्रक पछाडी सरेर अन्दाजी चार सय मिटर भन्दा तल खसेको छ ।

दुर्घटनामा परी इलाम नगरपालिका १० का ४६ वर्षीय ट्रक चालक सिंहराज महत र सहचालक सुनसरी भलुवाइ गाउपालिकाका १५ वर्षीय करण विसी घाइते भएका छन् । घातेहरुलाई उद्धार गरि झापाको अस्पतालमा उपचार भई रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here