चुलाचुली बुकुवाकाे हिमचुली क्लवकाे देउसे नाच विर्सजन

0
237

नयाँ बुलन्द

चुलाचुली : इलामको चुलाचुली गाउँपालिका-५ बुकुवास्थित  हिमचुली युवा समूहले देउसे भैलाे नाच विर्सजन कार्यक्रम सम्पन गरेको छ ।

दुर्गासिंह याेङया लिम्बूकाे संयाेजकत्व रहेका कार्यक्रममा  अतिथिहरू चुलाचुली गाउँपालिका प्रमुख  प्रदिप चन्द्र राई, वडा नम्बर ५ वडा अध्यक्ष चन्द्र थापा, बुद्धिजीवी तथा समाजसेवी  राज बहादुर राई, ईश्वरी गजमेर, छत्र पाैड्याल, लक्ष्मी न्याैपाने, चुलाचुली बाेर्डिङ सस्कुलका प्रअ विमल पाैड्याल, भानु सामुदायिक माध्यमिक विद्यालयका प्रधानाध्यापक रघुनाथ मिश्र, प्रहरी ईन्चाज युवराज राई लगायतको उपस्थिति रहेको थियाे ।

उक्त क्लवका सचिव विनाेद खनालले अायव्याय प्रस्तुती सुनाइमा  जम्मा २९ ठाउँमा देउसे भैले नाच कार्यक्रमले १ लाख ७९ हजार ८१ रूपैयाँ  नगद संकलबाट खर्चबाट बाँकी रहेका पैसाले थप क्लवमा अावश्यक सामानहरू खरिद गर्ने सार्वजिनक सुनाई गरेका छन् ।

विर्सजन कार्यक्रममा नृत्य प्रस्तुती, पुरस्कार वितरण कार्यक्रम रहेको थियाे । भानु सामुदायिक विद्यालयकाे प्राङ्गणमा अायाेजना गरिएको कार्यक्रम  चन्द्र (विजय) दंगालले संचालन गरेका थिए ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here