इलामबाट पौड्यालको मोटरसाइकल चोरी

0
114

नयाँ बुलन्द

इलाम : इलाममा पछिल्लो समयमा मोटरसाइकल चोरीको घटना दिनप्रतिदिन बढिरहेको छ ।

जिल्ला प्रहरी कार्यालयमा मोटरसाइकल चोरीका घटनाका उजुरीहरु पनि परिरहेका छन् । तर प्रहरीले सक्रिय रुपमा मोटरसाइकलको खोजि र चोरीमा संलग्नहरुलाई पक्राउ गर्न नसक्दा यस्ता घटना बढ्ने क्रममा रहेको छ ।

यसैक्रममा आइतबार राति करिब १०÷११ बजेको समयमा इलामनगरपालिका ७ कुलधारा स्थित वडा कार्यालय नजिकै पार्किङ गरेर राखेकोे ठाउँबाटै एउटा पल्सर मोटरसाइकल चोरी भएको छ । इलामनगरपालिका ७ कुलधारा निबासि दिनेश पौडयालको मे ३ प ४८०९ नम्बरको मोटरसाइकल चोरी भएको हो । मोटरसाइकल धनी पौडयालले शोमबार बिहान करिब ६ बजेतिर मात्रै मोटरसाइकल चोरी भएको थाहा पाएको बताए ।

अहिले घटनाको बारेमा प्रहरीले अनुसन्धान गरीरहेको छ । आज दिनभर खोजतलास गरे पनि कहिँकतै नभेटीएको पौडयालले बताए ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here