इलाममा युवा उद्यम समूहहरुलार्इ २० लाख सहयोग

0
228

अतित योङहाङ

इलाम : युवा उद्यमका लागि जिल्ला युवा  समिति इलामले सोमबार दुई युवा समूहलार्इ विनाब्याज १० लाख रुपैँया ऋण प्रवाह गरेको छ ।

इलाममा छनोटमा परेका चार युवा समूहहरुमध्ये दुई युवा समूहलार्इ भने ऋण प्रक्रियामा केही कागजी प्रकृया बाँकी रहेकोले केही समयपछि मात्र चेक हस्तान्तरण गरिनेछ ।

जिल्लाका निर्वाचन क्षेत्र साविक ३ निर्वाचन क्षेत्रको आधारमा क्षेत्र नं. १ का लागि जनज्योती कृषी तथा पशुपालन समूह सुर्योदय नगरपालिका ११, क्षेत्र नम्बर २ का लागि सुनौलो विहानी पशुपालन युवा समूह देउमाइ नगरपालिका ६ र चम्जम्लुङ उद्यमशील युवा विकास संस्था एकतप्पा ९, क्षेत्र नम्बर ३ का लागि ध्वजे गुफा पशुपालन  समूह जोगमार्इ ७ ले पाँच लाख रुपैयाँका दरले सहकारी मार्फत विनाधितो कागजी भरमा ऋण दिइएको हो ।

उनीहरुलाई जिल्ला युवा समिति इलामका कार्यालय प्रमुख बाबुराम पोखरेल र हाम्रो जुनतारा बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक हुकुमबहादुर राईले चेक हस्तान्तरण गरेका थिए ।

समितिले १६ वर्षदेखी ४० वर्ष उमेर समूहका युवाहरुलार्इ स्वदेशमै उद्यम संचालनमा विकास गराउने उदेश्यानुसार पहिलो वर्षको कार्यक्रमबाट लगानी गरेको समितिका अध्यक्ष नवराज शंकरले जानकारी दिए । १० जना युवाहरु संलग्न रहेको समूहले सामुहिक रुपमा व्यवसाय सञ्चालन गर्नुपर्ने प्रावधान छ । यसरी लगानी गरिएको ऋण ६/६ महिनामा किस्ता बुझाइ फर्काउने छ । तोकिएको समयमा फर्काउन नसके सहकारी नीति  अनुसार सहकारीले असुल गर्नेछ ।

सोमबार ऋण पाउनेमा चम्जम्लुङ उद्यमशील युवा विकास संस्थाले होमस्टे संचालन गर्नेछ । जनज्योती कृषि तथा पशुपालन समूहले ब्रोइलर कुखुरा पालन गर्नेछन् । त्यस्तै केही समयपछि ऋण प्राप्त गर्ने सुनौलो विहानी पशुपालन युवा समूहले कुखुरा पालन र ध्वजे गुफा पशुपालन  समूहले गाइपालनको लागि ऋण पाएका छन् ।

राष्ट्रिय युवा परिषदले युवा उद्यमी बनाउन नेपाल सरकारको स्वीकृती र अनुदान लिइ जिल्ला युवा समिति मार्फत प्रस्तावना आह्यवान गरेको थियो । सोही आाधारमा जिल्लाले समूहको प्रस्तावलार्इ छनोट गरि परिषदमा पठाइएको र परिषदले पुन: छनोट गरी पठाएको अध्यक्ष शंकरले बताए ।

सो रकम परिषदले सिधै उपलब्ध गराउन नमिलेपछि नेफ्स्क्युन वित्तीय संस्थासँग सम्झौता गरी इलाममा हाम्रो जुनतारा बचत तथा ऋण सहकारी संस्थामार्फत रकम वितरण गरेको हो । उपलब्ध रकम हिनामिना गर्न नदिन र उद्यमशिलताको क्षेत्रमा खर्च गरे नगरेको बारेमा नियमित अनुगमन गरिने सहकारीका व्यवस्थापक हुकुमबहादुर रार्इले बताए ।

रकम पाएसँगै युवा समूहका अध्यक्षहरुले परिषद र सहकारीको निति अनुसार उद्यम सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here