विनु राईको अध्यक्षतामा २९ सदस्यीय समाजवादी महिला फोरम

0
200

नयाँ बुलन्द

इलाम : संघीय समाजवादी फोरम नेपालको जनवर्गीय संगठन संघीय समाजवादी महिला फोरम इलामको जिल्ला स्तरीय समायोजन कार्यक्रम आइतबार इलाममा सम्पन्‍न भएको छ ।

संघीय समाजवादी फोरम नेपालसँग तत्कालिन संघीय लिम्बुवान पार्टी नेपाल एकीकरण भएपछि संघीय समाजवादी महिला फोरम र संघीय लिम्बुवान महिला मञ्‍चबीच जिल्लास्तरीय समायोजन भएको हो ।

समायोजन कार्यक्रममार्फत विनु राई (ख्यामकुमारी) को अध्यक्षतामा २९ सदस्यीय संघीय समाजवादी महिला फोरमको जिल्ला समिति गठन भएको छ ।

समितिका उपाध्यक्षहरुमा भगवती सोराइली, आइतीकुमारी राई, धनकुमारी कट्टेल र तेजु लिम्बु,   सचिव बसन्त लिम्बु, सहसचिव दिलमाया याल्मु (लमु) रकोषाध्यक्षमा शिल्पा राई चयन भएकी छिन् ।

सदस्यहरुमा अनिता बसेल, गङ्गा बयालकोटी, पबित्र राई, कौशिला लिम्बु, कला राई, रोमन लिम्बु, भगिरथ कट्टेल, पबित्र तामाङ, सृष्टि मगर, सपना राई, लतिला एक्तेन, निरुपा लिम्बु, देवी सुनुवार, पबित्रा खवास, रमिला सुनुवार, बिनिता साम्बा, बिजिता राई, सृष्टि खापुङ, प्रमिला लिम्बु, सबु गुरुङ र सिर्जना राई रहेका छन् ।

कार्यक्रममा संघीय समाजवादी महिला फोरम लिम्बुवान प्रदेश सहसचिव रीपल खम्बू, लिम्बुवान प्रदेश सदस्य फुलमाया नेम्बाङ, संघीय समाजवादी फोरम नेपाल इलामका अध्यक्ष कमल चाम्लिङ, सचिव यामप्रसाद लिम्बु, इलाम नगर अध्यक्ष छिकिन तामाङ, समाजवादी युवा फोरमका अध्यक्ष रोसन राई लगायतको उपस्थिती रहेको थियो ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here