तीनजुरे चिया कृषक सहकारीको २३ औं साधारणसभा सम्पन्न 

0
134

युद्धबहादुर बोहोरा

इलाम : तीनजुरे चियाकृषक सहकारी संस्था लिमिटेडको २३औं साधारणसभा सम्पन्न भएको छ ।

इलाम,फाकफोकथुम-२ फुस्रे भञ्ज्याङ्मामा संचालित यस संस्थाको साधारण सभा संस्थाका अध्यक्ष माधव पौड्यालको अध्यक्षतामा फाकफोकथुमका अध्यक्ष राममकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

सहकारीले गत आर्थिक वर्षमा शेयर पूँजी, बचत, लगानी, सम्पुर्ण कोष हिसाब र सम्पत्ति तथा दायित्व सहित एक करोड ५१ लाख ३० हजार ७ सय ७२ रुपैयाँ ६० पैसाको कारोवार गरेको छ । व्यवस्थापक पदमबहादुर तामाङ्ले आर्थिक र लेखा संयोजक ऋतुकान्त खनालले  लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाका अध्यक्ष पाैड्यालले पेश गरेको प्रस्तावित कार्ययोजना तथा लक्ष्य सर्वसम्मतले पारित भएको छ।दुई सय ४५ जना सदस्य रहेको यस संस्थामा महिला ८१ र पुरुष १६४ जना  संख्या रहेको छ ।

यो नेपालकै पहिलो चियाकृषक सहकारी हो।डिभिजन सहकारी कार्यलय इलामले २०७० साल चैत्र २० गते उत्कृष्ट चियाकृषक सहकारीको पुरस्कार समेत प्रदान गरेको छ ।

दैनिक ५ सय के.जि हरियो चियापत्तीको क्षमता भएको मझौला किसिमको फ्याक्ट्री २०७० साल जेठ ५ गतेदेखि संचालन हुँदै आएको छ ।

यहाँबाट उत्पादन भएको चिया मास ईन्टरनेशनलबाट “रेन फरेस्ट” प्रमाणीकरण भइ अन्तर्राष्ट्रिय बजार नेदरल्यान्ड जापान ,फ्रान्स र अमेरिकामा बिक्री हुदै गरेको व्यवस्थापक तामाङले बताए।हाल अर्गानिक प्रमाणीकरणका लागि आइसिएस तालिम संचालन हुँदै गरेको उनको भनाइ छ ।

जम्मा ७ जना  कर्मचारी रहेको यस सहकारीको माताहातमा संस्थागत चिया बगान ३० रोपनी क्षेत्रफलमा छ भने सदस्य   कृषकहरुको ११३३ रोपनी, अन्य चियाकृषकहरुको १५३३ गरि जम्मा २६९६ रोपनी रहेको छ ।

चिया उत्पादन,खरिद बिक्री गर्ने यस संस्थाले साधारण सभाका अवसरमा उपस्थित अतिथि र सम्पुर्ण शेयर सदस्यलाई राम्रो  गुणस्तरको २ किलोग्राम  चिया नि:शुल्क वितरण गरेको थियो ।

कार्यक्रममा विशेष अतिथि फाकफोकथुम उपाध्यक्ष सरु राई वडा न. -६ का वडाध्यक्ष डिक बहादुर थापा,बुद्धिजीवि अगुवा कृषक र दुई  सय भन्दा बढी शेयर सदस्य सहित शुभचिन्तकहरुको उपस्थिति रहेको थियो। सभाको संचालन संस्था सचिव सोमनाथ शर्माले गरेका थिए ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here