१३३ औं फाल्गुनन्द जयन्ती माङ्खिम धार्मिक स्थलमा भव्यताका साथ सम्पन्न

0
97

युद्धबहादुर बोहोरा

इलाम : १६ औं राष्ट्रिय विभूती महागुरु फाल्गुनन्दको १३३ औं जन्म जयन्ती फाकफोकथुम-६,फलाटे स्थित किराँत सायामाङ माङ्खिम धार्मिक स्थलमा भव्यतका साथ सम्पन्न भएको छ ।

माङ्खिम संस्थाले आयोजना गरेको कार्यक्रममा फाकफोकथुम गाउँपालिका नवनिर्वाचित अध्यक्ष रामकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा माङ्खिम संस्थाका अध्यक्ष नरेश राइको अध्यक्षतामा सम्पन्न भयो । यसै अवसरमा गुरुले सिकाउनु भएको सत्कर्म र जिवनिको व्याख्या गर्दै ढाेल, झ्याम्टा, झाँकी नाच सहित मन्दिर परिक्रमा र १०८ दिपप्रज्वलन र तस्बिरमा पुस्पमालाले माल्यणपन गरिएको थियो।

आर्थिक संकटका कारण ओझेलमा परेको यस धार्मिक क्षेत्रको संरक्षण र जिर्णोद्वारका लागि प्रमुख अतिथि श्रेष्ठले आफ्ना बुबा स्व नन्द श्रेष्ठको नाममा नगद १ लाख रुपैयाँ मन्दिरलाई दिने प्रतिबद्धता जनाए । शुभकामना मन्तव्य राख्दै उनले गाउँपालिकाको आगामी निति तथा कार्यक्रममा यस धार्मिक स्थानलाई पनि प्राथमिकतामा राखिने आश्वासन दिए ।

वि.स. १९४२ सालमा साविक इलाम जिल्लाको इभाङ स्थित चुक्चिनाम्बामा जन्मिएका हुन् । महागुरु फाल्गुनन्द जगुनबाज र हसिमती बेघाका साहिला पुत्रले हालको इलाम फाकफोकथुम- ६,साविक चमैता-९ मा वि.स.१९९६ मङ्सिरको उधौलिमा उनको हस्त बाहुलीबाट एउटा फलामको चिम्टा यस ठाँउमा गाडेर गए ।  त्यस्को ५ महिना पछि बैशाखको उभौलीमा स्थानीयले पुजा गर्न सुरु गर्न थालनी गरेको यो धार्मिक स्थान हो । स्थानीय समाजसेवी बहादुर राइले निशुल्क १ रोपनी ३ आना प्रदान गरेपछि यहाँ होमादी र मुख्य गरि दुईवटा मन्दिर निर्माण भएको र यो अहिले जिर्ण अवस्थामा छ ।

 यो मन्दिरमा यसपटकदेखि धुमधाम साथ जयन्ती मनाउन सुरु गरिएको सचिव सचिव धनसिंह राइले बताए । हरेक जातजाति, स्थानीयबासिन्दा लगायत श्रदालु भक्तजनहरुको अत्यन्तै भिडभाड रहेको थियो। विशेष अतिथि नवनिर्वाचित उपाध्यक्ष सरु राइका साथमा जनप्रतिनिधि वडा अध्यक्षहरुको उपस्थित थियो ।

 

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here