चुलाचुली समेन्चुङ्ग माङहिमले फाल्गुनन्द १३३ अाैं जयन्ती मनायो

0
159

चेतन आङथुपो

चुलाचुली : १६ अाै राष्ट्रिय विभूती तथा महागुरू फाल्गुनन्द (नरध्वज) किराँत मुचुल्का सांस्कृतिक तथा समाज सुधार अभियनत हुन् । बाल्यकालबाटै सत्य अाहार, सत्य विहार, सत्य व्यवहार गर्नुपर्छ भन्ने मान्यता राख्ने राख्ने धर्म गुरु फाल्गुनन्दकाे १३३ अाैं जन्मजयन्ती यश बर्ष पनि चुलाचुली गाउँपालिकामा रहेका विभिन्न माङहिममा समेत सत्य धर्म मुचुल्कामा थेवासाम, युमासाम, तागेरा नुङवाभुमाङ सामुहिक उधाैलि सेवा तथा विभिन्न धर्मका पुजारी सेवासावा लामा लगायतका उपस्थिति गरि मनाएका छन् ।

चुलाचुली गाउँपालिका वडा नं. ३ स्थित सेमिच्याेङ भवनकाे प्राङगणमा सव्यभव्य भक्तजन तथा दर्शनार्थीहरूकाे उपस्थित रहेकाे थियाे । युमा पहिरनमा सजिएका समेन्चुङ्ग माङहिम (मन्दिर) को मुख्य गुरु कमल सायङ्ग केरूङ ज्युकाे समुपस्थिति सहित विभिन्न पदका समाजसेवी तथा बुद्धिजीवीहरूकाे मुख्य उपस्थिति रहेकाे थियाे ।

हेभेन्लिपाथ चुलाचुलि इलामले अायाेजना गरेकाे उक्त कार्यक्रममा सायङ्ग ज्यु को समुपस्थितिमा श्रादालु भक्तजनहरुमा माहागुरु फाल्गुनन्द को दिब्य उपदेशहरु श्रवण गर्ने, गाराउने , र लाख बति बाली गुरु कमल सायाङ्ग ज्यु बाट आशिर्वाद लिने कार्य सहित सम्पन्न गरियो । कार्यक्रममा किराँत जातिमा रहेका संस्कृति धामीझाँक्री लगायतका सांस्कृतिकहरूकाे समेत प्रस्तुती रहेका थियाे । उक्त कार्यक्रम छत्र चामलिङ राईले संचालन गरेका थियाे ।

त्यस्तैगरि चुलाचुलि गाउँपालिका-४ किरांत हाङसा माङहिम मन्दिरले पनि भव्यसाथ फाल्गुनन्द जयन्ती मनाएका छन् ।

यसैबीच इलामको विभिन्न स्थानमा फाल्गुनन्दको जन्मजयन्ती मनाइएको छ । माङसेबुङ, चुक्चीनाम्बा, फाकफोक, फुएतप्पता, जीतपुर, दानाबारीलगायत जिल्लाभर विभिन्न कार्यक्रम गरी जन्मजयन्ती मनाइएको जनाइएको छ ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here