धरमपुरका २३१ जना कांग्रेसमा प्रवेश

0
62

नयाँ बुलन्द

झापा : जिल्लाको शिवसतासीस्थित धरमपुरमा विभिन्न पार्टी परित्याग गरि २ सय बढी सर्वसाधरणहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस झापा क्षेत्रनम्बर ४ ले आफ्नो चुनावी प्रचार प्रसार कार्यक्रम अन्तगर्त शुक्रवार धरमपुर क्षेत्रबाट विभिन्न पार्टी परित्याग गरि २३१ जना कांग्रेसमा पार्टी प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्नेहरुलाई क्षेत्रनम्बर ४ का प्रतिनिधिसभाका उम्मेद्धार देउमान थेवे, प्रदेशसभा उम्मेद्धार किरण भट्टराई लगायातले अविरमाला लगाएर पार्टी सदस्यता वितरण गरेका थिए । पार्टी प्रवेशीहरुले आफ्नो क्षेत्रमा लामो समयदेखि एमालेले चुनाव जित्दै आएपनि जनताको पक्षमा काम गर्न नसकेकाले एमाले त्यागेर कांग्रेसमा प्रवेश गरेको वताएका थिए । उनीहरुले कांग्रेसले सवै क्षेत्र र समुदायको प्रतिनिधित्व समेत गराएको भन्दै खुसी व्याक्त गरेका थिए ।

प्रतिनिधिसभामा आदिवासी जनजाति नेता थेवे , प्रदेश सभाका उम्मेदवार किरण भट्टराई र समानुपातिकमा आदिवाशी नेता भीम राजवंशीलाई उम्मेद्धार बनाएर सवै क्षेत्र र समुदायलाई कांग्रेसले समेटेको बताएका थिए । यसैवीच आज शनिवारदेखि कनकाईनगरपालिका वार्डनम्बर १ बाट चुनावी अभियान सुरु गरिने नेपाल विद्यार्थी संघका जिल्ला सहसचिव याम भुजेलले वताए ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here