इलामलाई पहिलो सफा सहर बनाउनअभियान

0
91

नयाँ बुलन्द

इलाम : नेवापुचभाषा संस्कृति समाजइलामले इलामकाविभिन्न स्थानहरुको सरसफाई अभियान शुरु गरेको छ ।

तिल्केनीमा रहेको समाजले शनिबारबाट अभियानकाविभिन्नकार्यक्रमको घोषणा गर्दै अभियान शुरु भएको जानकारी दिएको हो । प्लष्टिकजन्य उत्पादितफोहरलाई निष्चित स्थानमाविसर्जन गर्न तथाइलामको हरेक स्थानफोहरमुक्तबनाउनअभियानथालेको समाजका केदार श्रेष्ठले बताए ।

उनले भने, ‘हामी नेपाललाई देशको दोश्रो हाईन, पहिलो सफा सहर बनाउने योजनामा छौं ।’ अभियानको पहिलो दिनशनिबार इनपा ८ र आसपासका क्षेत्रहरु सरसफाई गरिएको छ । शनिबारको कार्यक्रमअन्तरगत मेची राजमार्गबाट इलामबजार छुट्टिने जिरो पोइन्ट, तिल्केनीमोड, सिंहबाहिनीमोडमा रहेका फोहरलाई ब्यवस्थापनगरिएको समाजकाकिशोर श्रेष्ठले बताए ।

आगामीदिनमाइलाम सदरमुकामका हरेक क्षेत्रमा समाजपुगेर त्यहाँका स्थानीयसँगै हातेमालो गरि अभियानलाई निरन्तरतादिईने समाजले लक्ष राखेको छ ।

 

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here