सेतीदेवीमा नयाँ नेतृत्व सम्हाल्दै सुभद्रा

0
59

नयाँ बुलन्द

इलाम : सेतीदेवी बहुउद्देश्यीय सहकारी संस्थाइलामको २० औ साधारण सभातथा सातौं अधिबेशनले सुभद्राखत्रीको अध्यक्षतामानयाँकार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमानिर्मला बुढाथोकी रहेकी छिन् । समितिको सदस्यहरुमाविष्णु दहाललिम्बु, सुशिला सापकोटा, रोमीपौडेल कोइराला, उर्मिलाशिवालिम्बु, अनुजाशिवाकोटी, निर्मलाचापागाई र यज्ञमाया लुईटेल ‘कोपिला’ रहेकी छिन् । यसैगरि राम मगरको संयोजकत्वमा गठित लेखा समितिको सदस्यहरुमा राजेश पराजुली र सुनिता बस्तेत रहेकी छिन् ।

सहकारीले १० करोड ४६ लाख ६९ हजार रुपैंयाँ बराबरको आर्थिक प्रतिवेदनपास गर्दै साधारणसभासदरमुकाममाशुक्रबार सम्पन्नभएको छ । सभाको उद्घाटन सत्रमा संस्थाले उत्कृष्ट बचतकर्ता, उकृष्ट समूहलगायतलाई पुरस्कृत समेत गरेको छ । खगेन्द्र सुबेदी, मेनुका सञ्जेल र आरती गुरुङलाई उत्कृष्ट बचतकर्ताको रुपमाजनहीपाँचसय रुपैंयाँले पुरस्कृत गरेको छ ।

यस्तै गतबर्षको एसइइ परिक्षामाउत्कृष्ट जिपिएल्याउने शेयर सदस्यका छोराछोरीअल्कादाहाल, सुजतानिरौला र स्वर्णिम दाहाललाई जनहीपन्ध्रसय रुपैंयाँका दरले पुरस्कृत गरेको छ । यसैगरी संस्थाले गठन गरेको महिला समहूहरुमध्ये इनपा ६ को पाथीभरा समूह, इनपा७ को चेतना समूह र इनपा ४ को नवज्योति समूहलाई नगद २५ सयका दरले पुरस्कृत गरेको छ । यस्तै संस्थाका संस्थापक सदस्य रमिलादासलाई दोसल्लाओढाएर सम्मान गरेको छ । यस्तै संस्थाको उत्कृष्ठ कर्मचारीको रुपमामनकुमारी घिमिरेलाई नगदपाँचहजार रुपैयाँले पुरस्कृत गरेको छ ।

यसैगरी संस्थामा आबद्ध बनेका शेयर सदस्य कसैको मृत्यु भएको खण्डमा सदस्यको परिवारलाई राहत स्वरुपउपलब्ध गराउँदै आएको राहत रकम स्वरुप स्वर्गीय यसोदा भटटराईको परिवारलाई २० हजार रुपैंयाँउपलब्ध गराएको छ । २ हजार ८३ जना शेयर सदस्य रहेको संस्थाको उद्घाटनमा संस्थाकाब्यवस्थापक कृष्णबहादुर बस्नेतले आर्थिक प्रतिबेदन, लेखा समिति संयोजक राम मगरले लेखाप्रतिबेदन, अध्यक्षशुसिला सापकोटाले बार्षिक प्रगतिप्रतिबेदन प्रस्तुत गरेका थिए ।

गत अर्थिक बर्षको अन्त्यसम्ममा शेयर पुँजी७७लाख ५२ हजार, निक्षेप ३ करोड २७लाख २७हजार, ऋण लगानी ४ करोड ५५ लाख ९५ हजार छ भने बाह्य ऋण लिएको १९ लाख ८७हजार रुपैयाँलिएको छ । संस्थालेखुदमुनाफा७लाख ५६ हजार रुपैंयाँआर्जन गर्न सफलभएको छ । यता संस्थाको उद्घाटन सत्रमा राष्ट्रिय सहकारी बैंक इलामशाखाकाप्रबन्धकअर्जुन कार्की, महिलाजागरण संघकीअध्यक्ष बिष्णु दाहाल, समृद्ध पहाड युकेका क्षेत्रीय संयोजक सुदिपश्रेष्ठलगायतले शुभकामनामन्तब्य राखेका थिए ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here