थापाले गरे भालुढुङ्गाको अनुगमन

0
55

 

नयाँ बुलन्द

इलाम : पूर्व सांसद केशब थापाले भालुढुङ्गाको अनुगमन तथा अवलोकन गरेका छन् । गत बर्ष सांसद विकास कोषको रकमबाट भालुढुङ्गाको लागि छुट्याएको रकम सदुपयोगिता भए नभएको हेर्न उनी शनिबार विहान भालुढुङ्गा पुगेका हुन् ।

भालुढुङ्गा देखि भिरालो भागमा मानिस असुरक्षित हुने भन्दै फलामे बार लगाउन उनले २ लाख बजेट विनियोजन गरेका थिए । सोहि रकमबाट भालुढुङ्गामा फलामे बार लगाई पहेलो रङ्ग लगाउने कार्य र गोलघरको स्तरोन्नति गरिएको थियो । अनुगमन पछि उनले भने, ‘राज्यकोषको रकमको सहि सदुपयोग गरिएको रहेछ ।’ उनले भालुढुङ्गाको लागि आफुले थप सहयोग गर्न इच्छा राखेको उनले बताए । भालुढुङ्गाको संरक्षणमा योगदान पुर्याएको भन्दै स्थानीयले थापाप्रति आभार ब्यक्त गरेका थिए ।

भालुढुङ्गामा बार लगाउन वडाध्यक्षले दिए ८० हजार

इलामको पर्यटकीय गन्तब्य भालुढुङ्गामा थप फलामे बार निर्माण गर्न नरेश श्रेष्ठले ८० हजार रुपैयाँ प्रदान गरेका छन् । गत बर्ष सांसद विकास कोषको रकमले भालुढुङ्गाको माथिल्लो भाग फलामे बार लगाईएको थियो । दैनिक रुपमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन उच्च भएपछि ठूलो ढुङ्गाको तल्लो भागमा समेत बार लगाउनको लागि श्रेष्ठले सो रकम प्रदान गरेका हुन् ।

इलाम नगरपालिका वडा नं. ७ का निर्वाचित अध्यक्ष समेत रहेका श्रेष्ठले आगामी दिनमा समेत सो क्षेत्रको विकासको लागि प्रतिबद्धता जनाए । उनले भने, ‘ब्यक्तिगत रुपमा सहयोग गर्ने इच्छा थियो, आज पुरा भयो, यसमा म खुसी छु ।’ यसै विच शर्मा मिष्ठान परिवारले फलामे बार बरिपरि ७ रङ्गको झण्डा फरफराउन १० हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको शर्मा परिवारलाई उधृत गर्दै एकिकृत ओपीधारा चियाबारी भालुढुङ्गा क्षेत्र पर्यटन प्रबद्र्धन विकास समितिका कोषाध्यक्ष प्रविन श्रेष्ठले जानकारी दिए ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here