राप्रपा र काँग्रेसका ७० जना बाम गठबन्धनमा प्रवेश

0
108

कृष्ण ओझा 

पाँचथर : पाँचथरमा बाम गठबन्धनको चुनावी सभामा प्रवेशको लहर बढेको छ । मंगलबार फिदिम नगरपालिका ६ मा राप्रपा र नेपाली काँग्रेस गरि ७० जना बाम गठबन्धनमा प्रवेश गरेका छन् ।

प्रवेश गर्नेहरुमा राप्रपाका जिल्ला सदस्य मणी कूमार तुम्वापो, सेरवहादुर तुम्वापो लगायत ५० जना र नेपालि काँग्रेसका बृजाहाङ तुम्वापो, ईन्द्र कुमार तुम्वापो, नन्दु कूमार तुम्वापो लगायत २० जना प्रवेस गरेको बाम गठबन्धनका नेता राजकूमार भण्ठारीले जनाए ।

नव प्रवेशीहरुलार्इ प्रतिनिधि सभाका बसन्त कूमार नेम्वाङ, माओवादी केन्द्रका समानुपतिक सिता थेवे, राधाकृष्ण न्यौपाने, विसाल रसाइली, समानुपातिक सदस्य आशारत्न जवेगुले अभिर र मालाले स्वागत गरेका थिए ।

चुनावि सभामा तिब्र रुपमा प्रवेशको लहर चलेको छ । चुनावि अभियान निर्वाचन क्षेत्र नं १(क) फिदिम नगरपालिका १३ र १४ जलपा लूङरुपामा सम्पन्न गरेको छ । बाम गठबन्धनले भेटघाट र सभागरी जनता सामु संयुक्त भोट मागेका छन ।

प्रनिधि सभाका उमेद्वार बसन्त कूमार नेम्वाङ, प्रदेश सभा क उमेद्वार गणेश कूमार तामाङ, माओबादि केन्द्रका पाटी इञ्चार्ज हर्क नेम्वाङ, समानूपाकि सदस्य सिता थेवे, आसारत्न जबेगु, राधा कृष्ण न्यौपाने, नरबहादुर दुलाललगायतले सम्बोधन गरेका छन् ।

त्यस्तै कुम्बायक गाउपलिका प्रदेश ख यासोक बजार, खाल्डेमा प्रदेश सभाका माकेन्द्रका प्रदेस सभाका उमेद्वार ईन्द्र आङवो, प्रेम रिजाल, ठाकूर नेम्वाङ, राजकूमार भण्डारी लगायतले संयूक्त भोट मागेका छन् ।

सुर्य र हसिया हतौडामा मल दिएर बिजय गराउन अहोरात्र लाग्न आग्रह गरेका थिए । बाम गठबन्धनले प्रदेश क मा अभियान सकेर प्रदेश ख मा प्रतिनिधि सभा सदस्यसहितको टोली तिब्ररुपमा लागेका छन् ।

एमाले युवा नेता दिपेन्द्र थापाको अध्यक्षतामा फिदिम नगरले १,२,३,४ वडाका अगूवा कार्यकर्ता सम्पन्न कार्यक्रममा कार्यकर्ता माझ निर्वाचनमा लाग्न निर्देशन गरेको छ । बाम गठबन्धनका प्रतिनिधि र प्रदेश सभा, समानूपातिक सदस्यका उमेद्वारहरुले सम्बोधन गरेका थिए ।

त्यसैगरी जोपोखरीको सभामा लिम्बूवान र नेपाली काँग्रेसका २० जना कार्यकर्ताहरु बाम गठबन्धनमा प्रवेशगरेका छन् ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here