दश यौनकर्मी विरुद्ध मुद्धा

0
185

नयाँ बुलन्द

झापा : झापाको बिर्तामोड आसपासको क्षेत्रमा सञ्चालित होटल तथा लजमा यौनजन्य क्रियाकलापमा संलग्न भएको आरोपमा दश जना यौनकर्मीलाइ प्रहरीले नियन्त्रणमा लिएको छ । होटल तथा लजमा अनैतिक क्रियाकलाप गरिरहेको सूचनाको आधारमा प्रहरीले छापा मारेर उनीहरुलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

आठ जना युवती र दुई जना युवक रहेको प्रहरीको भनाइ छ । नियन्त्रणमा लिएका मध्ये सात जना युवतीलाई सार्वजनिक मुद्दा चलाइएको वस्नेतले बताए । नियन्त्रण लिएका युवतीहरुलाई होटल सञ्चालकले बोलाएर परपुरुषसँग अनैतिक क्रियाकलापमा लगाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

अधिकांश युवती जिल्ला बाहिरबाट आउने गरेको अनुसन्धानबाट खुलेको बस्नेतले बताए । राज्यले यौनजन्य क्रियाकलाप गर्ने वा गराउने माथि ठोस कानुन नल्याउने प्रहरीलाई यस्ता विकृती नियन्त्रण गर्न समस्या परेको उनको भनाई छ ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here