बाघखोरमा वडा कार्यालय

0
60

नयाँ बुलन्द

झापा : दमक नगरपालिकाले वडा नम्बर ३ मा वडा कार्यालय स्थापना गरिएको छ । बाघखोरमा एक कार्यक्रम गरि नगरपालिकाले वडा कार्यालय सञ्चालनमा ल्याएको हो । वडा कार्यालयको नगर प्रमुख रोमनाथ ओलीले उद्घाटन गरे ।

यसअघि नगरपालिकाले वडा नम्बर ८ मा समेत वडा कार्यालय सञ्चालनमा ल्याएको थियो ।

त्यस अवसरमा नगर प्रमुख ओलीले नगरपालिका जनतालाई छिटोछरितो र पारदर्शी रुपमा सेवा प्रदान गर्नका लागि प्रयत्नशील रहदै आएको बताए । उनले वडा कार्यालयहरुको भवन निर्माण नगरपालिकाको प्राथमिकताको सूचिमा नै रहेको पनि उल्लेख गरे ।

कार्यक्रममा वडाध्यक्ष नविन बरालले अब चाँडै नै वडावासीलाई पायक पर्ने ठाँउमा वडा कार्यालयको आफ्नै भवन बनाउने काम समेत शुरु गरिने बताएका थिए । सो कार्यक्रममा नगर उपप्रमुख गीता अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

 

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here