पूर्व एआइजी कृष्णकुमार तामाङ संघीय फोरममा प्रवेश

0
93

काठमाडौं : सशस्त्र प्रहरीका पूर्व एआइजी डा कृष्णकुमार तामाङ संघीय समाजवादी फोरममा प्रवेश गरेका छन् । यसैगरी नेपाल एयरलाइन्सका पूर्व प्रबन्धक ओमरत्न ताम्राकार पनि संघीय फोरममा प्रवेश गरेका छन् ।

संघीय समाजवादी फोरम नेपाल, नेवा प्रदेश समितिले बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रममा तामाङ र ताम्राकारसहित ५० जना संघीय समाजवादी फोरममा प्रवेश गरेका हुन् । सविन महर्जन, निकेश प्रधानलगायत सामाजिक क्षेत्रका अगुवाहरु समेत संघीय फोरममा प्रवेश गरेका छन् ।

उनीहरुलाई पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई र सहअध्यक्ष राजेन्द्र श्रेष्ठले स्वागत गरेका छन् ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here