तुम्बेवामा संघीय समाजवादी फोरमको चुनावी सभा

0
302

नयाँ बुलन्द

तुम्बेवा : पाँचथरको तुम्वेवास्थित मौवा बजारमा संघीय समाजवादी फोरम नेपालको चुनावी सभा सम्पन्न भएको छ।

 संघीय समाजवादी फोरम नेपाल तुम्वेवा गाउँपालिका अध्यक्ष रोसन लावतीको अध्यक्षतामा केन्द्रीय सदस्य तथा पाँचथरबाट ससफो नेपालको तर्फबाट प्रतिनिधिसभाको लागि प्रत्यक्ष उम्मेद्वार प्रेमराज लावतीको प्रमुख आतिथ्य रहेको थियो ।

त्यस्तैगरी विशेष अतिथि केन्द्रीय परिषद सदस्य तथा पाँचथर प्रदेश सभा “ख” का समानुपातिक उम्मेद्वार तिलबिक्रम चेम्जोङ, केन्द्रीय परिषद सदस्य तथा पाँचथर प्रदेश सभा “ख” चुनाव प्रचार प्रसार समित संयोजक बिष्णु लावती, जिल्ला अध्यक्ष डि.एम. आङ्देम्बे, के.पा. तथा पाँचथर प्रेदेश सभा “ख” प्रत्यक्ष उम्मेद्वार एबिराज आङ्देम्बे, जिल्ला सदस्य तथा प्रतिनिधिसभा समानुपातिक उम्मेद्वार युद्धबहादु बोहोरा, बैकल्पिक केन्द्रीय सदस्य पाँचथर जिल्ला सह-इन्चार्ज जेन्टल लावती लगायत ३ सय भन्दा बढी पार्टी कार्यकर्ता सहित शुभचिन्तकहरुको उपस्थित रहेको थियो।

कार्यक्रममा नृत्य, ढाेल, झाँकी र विविध मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम भएको थियो।

साथै सो कार्यक्रममा का‌ंग्रेस, एमाले, माओवादी केन्द्रलगायत परित्याग गरी दुई दर्जन नेता तथा कार्यकर्ताहरु संघीय समाजवादी फोरममा प्रवेश गरेका छन् ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here