ताप्लेजुङमा उम्मेदवारको घरमा कालो झण्डा

0
68

ताप्लेजुङ : विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बाम गठबन्धनका प्रदेशसभा तर्फ ताप्लेजुङ (ख) केन्द्रका उम्मेदवार टंक आङबुहाङको घरमा कालोझण्डा गाडेको छ ।ताप्लेजुङको साविक चाँगे गाविसमा रहेको आङबुहाङको घरमा बुधबार बिहान सो पार्टीका कार्यकर्ताले कालोझण्डा गाडेका हुन् ।

यसअघि विज्ञप्ति प्रकाशन गरी उम्मेदवारी फिर्ता गर्न सबैलाई आग्रह गरेको र आग्रहलाई बेवास्ता गरिएकाले आङ्बुहाङको घरमा कालोझण्डा गाडि घर कब्जामा लिएको नेकपाका जिल्ला ईन्चार्ज आशिषले टेलिफोनमा बताए ।आफूहरुले चुनाव खारेजीको माग गर्दै उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दा पनि फिर्ता नलिएकाले पूर्वघोषित कार्यक्रम बमोजिम उम्मेदवारको घरमा कालो झण्डा गाडेको आशिषले बताए ।

यता प्रमुख जिल्ला अधिकारी मोहन जीसीले आङ्बुहाङको घरमा कालो झण्डा गाडेको जानकारी आएको र सो स्थानमा प्रहरी पठाईएकोले थप विवरण आउन बाँकी रहेको बताए । साभार इमेजबाट

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here