राज्यबाट पाउने सेवा सुविधा वृद्धाद्धालाई दिने खड्काको घोषणा

0
88

नयाँ बुलन्द

इलाम : इलाम क्षेत्र नं. २ (१) का प्रदेशसभा सदस्य तर्फ नेपाली काँग्रेसका युवा उम्मेद्वार डम्बर खड्काले प्रदेशसभा सदस्यमा जीतेर गए पछि अफुले पाउने सवै सरकारी सेवा सुविधा आफ्नो क्षेत्रमा रहेका बृद्धबृद्धाहरुको भत्तामा थपेर दिने घोषणा गरेका छन् ।

विगत लामो समय देखि एक सफल निमार्ण व्यावसायी तथा समाजसेविको रुपमा चिनिएका खड्काले आफुलाई कुनै पनि सरकारी पैसाको लोभ नभएको र समाजको लागि सेवा गर्न राजनीतिमा होमिएकाले राज्यका सुविधा नलिने बताए ।

आज पत्रकारहरु संघ कुरा गर्दै खड्काले आफुले चुनाव जितेको खण्डमा भष्टाचार रहित इलाम बनाउने बताए । उनले बिपक्षी पार्टीले बामगठबन्धनको नारा लगाए पनि काग्रेले चुनाव जित्ने बताए । उनले यो युगमा आएर पनि साम्यवादका कुरा गर्ने बामपन्थी पार्टीलाई जनताले तह लगाउने बताए । नेपाल बिद्यार्थी संघको केन्द्रिय उपाध्यक्ष समेत भैसकेका समाजसेवी खड्काले इलामका बिभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएका छन् ।

यसै बिच स्र्वगीक मार्ग संघ जिल्ला कार्य समिती इलामले भवन बनाउन आर्थिक सहयोग पुर्याएकोमा आज समाजसेवी खड्कालाई सम्मान गरेको छ ।

स्र्वगीक मार्ग संघ जिल्ला कार्य समिती इलामका अध्यक्ष कर्ण साङपाङ्गले समाजसेवी खड्कालाई सम्मान पत्र सहित दोसल्ला ओडाएर सम्मानीत गरेको हो । सम्मान कर्यक्रममा अध्यक्ष साङपाङ्गले मन्दिर निमार्णमा समाजसेवी खड्काले पर्या‍एका योगदान सराहनिय रहेको बताउँदै यस्ता ब्यक्तिको इलाममा सधै खाचो रहेको बताए ।

स्र्वगीक मार्ग संघ जिल्ला कार्य समिती इलामले भवन बनाउन ३१ हजार रुपैया सहयोग गरेका थिए ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here