फियाक बन्धु संगठित

0
59

नयाँ बुलन्द

झापा : विभिन्न क्षेत्रबाट झापाको दमक आई बसोबास गरिआएका लिम्बु फियाक बन्धुहरु संगठित भएका छन् ।

हालै दमकमा सम्पन्न भेलाले सेसेहाङ् फियाकको अध्यक्षतामा ९ सदस्यीय समिति समेत गठन गरेको छ । विभिन्न क्षेत्रबाट दमक भित्र आई स्थायी वा अस्थायी रुपमा बसोबास गरिरहेका फियाक बन्धु र चेलीबेटीहरुबीच आपसी मैत्रीभाव, सरसहयोग चिनजान र बन्धुत्व एकताको लागि गठन गरिएको अध्यक्ष शेसहाङ फियाकले बताए ।

गठित समितिको उपाध्यक्षमा शारदा फियाक ,सचिवमा पदमबहादुर फियाक, सहसचिवमा दिलकुमारी फियाक र कोषाध्यक्षमा राजकुमारी चृम्जोङ् फियाक रहेका छन् भने सदस्यहरुमा सार्जन फियाक, दिपक फियाक, सुनिता फियाक र विना नेम्बाङ फियाक रहेका छन् । समितिको सल्लाहकारहरुमा प्रेमकुमार फियाक, मनमाया जवेगु फियाक, पूर्ण फियाक, टठ्बहादुर फियाक र हर्क फियाक रहेका छन् ।

भेलाले बन्धुहरुवीच आर्थिक कोष बृद्धि गर्न मासिक बचत परिचालन गर्ने समेत निर्णय गरिएको अध्यक्ष शेसेहाङ फियाकले बताए ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here